×

वीरगञ्ज, १९ वैशाख । वीरगञ्ज महानगरको मेयर पदमा यसअघिकै निर्वाचन २०७४ का दुई जना उम्मेदवार बिच यसपटक पनि भिडन्त हुने भएको छ । तत्कालिन संघिय समाजवादी फोरमबाट बिजयी भएका बिजय कुमार सरावगी र तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवार बनेका राजेशमान सिँह विच भिडन्त हुने भएको हो ।  

स्थानिय तहको निर्वाचनमा दलहरुले गठबन्धन बनाउँदा पर्सामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट सिंहको उम्मेदवारी परेको छ भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट निवर्तमान मेयर सरावगिको उम्मेदवारी परेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गिरीस गिरी चुनावी मैदानमा उत्रिए पनि धेरैले उनको उम्मेदवारीलाई प्रोजेक्टेड मानेका छन् । विजयी लक्ष्य लिएर चुनावमा उत्रिने व्यक्तिले शुरुबाटै तयारी गर्नुपर्नेमा मनोनयन दर्ता गर्ने बेलादेखी मात्रै झुल्कीएकोले पनि यस्तो आशंका गरीएको हो । त्यसैले पनि यसपटकको भिडन्त सिंह र सरावगीकै विचमा हुने निश्चित देखिएको छ । 

अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने महानगरको नयाँ विस्तार भएको क्षेत्रमा धेरै जनाधार नभएको अवस्था र अन्तिम समयमा टिकट पाउँदा पनि सिँहले १२ हजार १ सय ६५ मत ल्याउनुलाई राजनीतिक विश्लेषकहरु ठूलै उपलब्धी मान्छन् । पार्टीको संगठन समेत बिस्तार नभएको अवस्थामा बिना तयारी १२ हजार १ सय ६५ मत ल्याएपछि सिँहले व्यक्तिगत सम्बन्धकै आधारमा उक्त मत ल्याएको विश्लेषकहरुको दाबी छ । त्यसबेला बिमल श्रीवास्तवले आफु र सिंह मध्य जसले टिकट पायो उसैले चुनाव लड्ने भद्र सहमति गरेर टिकट नपाएपछि अन्तीम समयमा सिंहसँग गरेको सहमति विपरीत राजनितिक बेईमानी गरेर लोकतान्त्रिक फोरमबाट चुनाव लडेका थिए । 

संघीय समाजवादी फोरमबाट प्रत्याशी बनेका विजय सरावगीले १९ हजार ३ सय ९३ मत ल्याएर नगर प्रमुखमा निर्वाचित भए । सरावगीका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय कुमार द्विवेदी १७ हजार ७ सय २१ मतमा सिमित भए । नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारीले ८ हजार ३ सय ५ मत ल्याए भने सिंह सँग राजनितिक बेईमानी गरेका श्रीवास्तवले ८ हजार ७ सय १ मत ल्याएका थिए । 

यसपटकको निर्वाचनमा पुरानै अनुहार दोहोरीय पनी परिवेश भने बिल्कुलै फरक छ । दुवै उम्मेदवारले साविकको पार्टी छोडेर नयाँ पार्टीबाट उम्मेदवारी दिएका छन् भने पार्टीको आन्तरीक कलहका कारण धेरै नेता कार्यकर्ताहरुले नयाँ पार्टी समाएकाले पनि यस पटकको माहोल अलग देखिएको हो । नेकपा एमालेका तत्कालीन उम्मेदवार बसरुद्दिन अन्सारीले प्राप्त गरेको ८ हजार ६ सय ८८ मतमध्ये आधाभन्दा बढी नेकपा एकिकृत समाजवादीको मत रहेको देखिन्छ । नेकपा एमालेबाट रुष्ट भएर नेकपा एसमा गएका नागेन्द्र चौधरी, रामचन्द्र साह, बालगोपाल थापा, चिरीञ्जवी आचार्य, मनोज चौधरी लगायतका नेताहरु नेकपा एसमै हुँदा उनीहरुको मत गठबन्धनका उम्मेदवार सिँहलाई नै जानेमा कुनै आशंका छैन । 

 

नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हजराले विभिन्न पार्टीबाट २७ हजार मतदाता एमाले प्रवेश गरेको हावादारी दावी गरेका छन् । उनले जोडेको २७ हजार मत जगरनाथपुर गाउँपालीकामा जालीम मियाँ, छिपहरमाईमा मनोज गुप्ता र बहुदरमाईमा शिव पटेलले गराएको पार्टी प्रवेश समेत जोड्दा पनि नपुग्ने जसपा नेता मुकेश दुवेदीले बताए । 

यसअघिको निर्वाचनमा ५ औँ स्थानमा रहेको नेकपा एमालेको मत ८ हजार ६ सय ८८ र अहिले एमालेसँग तालमेल गरेको लोसपाको ८ हजार ७ सय १ मत पाएको थियो । त्यसमा २ देखि ३ हजार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मतदाता समेत जोड्दा ४७ हजार ३ सय ८९ मत मात्रै पुग्छ ।  

गठबन्धनका उम्मेदवार सिँहलाई अन्य ४ दलको समर्थन छ । जसमध्ये जसपाले गत निर्वाचनमा पाएको १९ हजार ३ ससय ९३, नेपाली कांग्रेसको १७ हजार ७ सय २१, नेकपा माओवादी केन्द्रको ८ हजार ३ सय ५ र तत्कालिन राजपाबाट सिँहले नै प्राप्त गरेको १२ हजार १ सय ६५ मत जोड्दा ५७ हजार ५ सय ८४ मत हुन जान्छ । त्यसमा एमालेबाट छुट्टिएर बनेको एकिकृत समाजवादी पार्टीको मत, महानगर हुँदा थपिएको क्षेत्रमा अहिले उनले बनाएको मजबुत संगठन र कार्यकर्ता तथा नव प्रवेशीहरु समेतको मत जोड्दा यस्तो मत अझै १० हजार प्लस हुने देखिन्छ । यसरी हेर्दा एमालेको दावि अनुसार पनि सिंहले एमाले भन्दा करीब २० हजार मत बढि ल्याएर विजयी हुने जसपा नेता द्विवेदीले दावि गरे । 

Back to top