×

वीरगञ्ज १८ बैशाख । मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जको नगर प्रमुख पदको चुनावी परिणामबारे अड्कलबाजी बढ्दो छ । चोकचौराहाका चिया दोकानदेखि वीरगञ्जका धनाढ््यका गद्दीसम्म सम्भावित परिणामबारे हिसाबकिताब हुन थालेको छ ।

महानगरको मेयरमा अहिले मुख्यतः जसपाका नेता राजेशमान सिंह र निवर्तमान मेयर विजयकुमार सरावगीको नाम चर्चामा छ ।

दुवै उम्मेदवारले यसपटक आ–आफ्नो जीत निश्चित भएको बताइरहेका छन् । मेयरले पदमा रहँदा भगवानले दिएको सवैकुरा छ, तलब सुविधा, गाडि केहि नलिने र

वीरगञ्जलमा विकास बाढि ल्याउने कसम खायर काम गर्न नसकेको र मधेश विरोधी एमालेमा प्रवेश गरेकोले आफुले जित्ने दाबी सिंहको छ ।

यता विजय सरावगी स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन विकासलगायतका मुद्दा पुरा गर्न बाँकी नै रहेकोले चुनावी परिणाम आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् ।
यस्तो छ अंकगणित 

मेयरमा कसले जीत हात पार्ला त ? यसको अनुमान लगाउनुभन्दा पहिला विगत चुनावको मत परिणामलाई अहिलेको अवस्थासँग जोडेर विश्लेषण गर्नुपर्ने हुन्छ ।

वीरगञ्जमा अहिले एक लाख २४ हजार ६४७ मतदाता छन् । अघिल्लो चुनावमा संघीय समाजवादी फोरमबाट चुनाव लडेका सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए । त्यतिबेलाको राजपाबाट चुनाव लडेका राजेशमानले १२ हजार १६५ मत पाएका थिए ।

यसबीचमा भएको दलीय टुटफुट र उतारचढावमा यो भोटको संरचनामा निकै बदलाव आइसकेको छ । संघीय समाजवादीबाट मेयर बनेका सरावगी अहिले उसबेला ५ नम्बरमा पुगेको एमालेबाट चुनावी मैदानमा छन् ।

राजेशमानलाई मधेश आन्दोलनका प्रभावशाली नेता जसपाका प्रदीप यादवको समर्थन छ । यस अघि २०७४ को निर्वाचनमा यादवकै बलमा सरावगिले चुनाव जितेका थिए । 

मधेश आन्दोलनको ईपीसेन्टर रहँदै आएको वीरगञ्जमा प्रदीपले त्यसबेलाको भोटको पुरै अंकगणित अहिले राजेशमानको पक्षमा पार्न बलियो ल्याकत राख्छन् । अन्य पार्टीमा टुटफुट भईरहँदा जसपा भने राजेशमानको प्रवेशबाट थप बलियो भएका कारण समेत राजेशमानको मत भारी मात्रामा बढ्ने देखिन्छ । व्यापारी पृष्ठभुमीबाट आएका सरावगि एमालेमा गएपनि उनले ५० औँ लाख रुपैयाँको अफर गर्दा समेत दाग लागेका एक÷दुई जना बाहेक अन्य वडा अध्यक्ष उनीसँग नजानुले पनि जसपा थप बलियो भएको प्रमाणीत हुन्छ । 

चुनावको मुखमा अन्य दल चाहार्दै हिँडेको र रिजेक्टेड व्यक्तिलाई भित्राएर टीकट दिएको भन्दै एमालेमा  चर्को असन्तोष देखिएको छ । जुन कुरा एमालेका पुराना नेता तथा युवाहरुले खुलेयाम सामाजिक सञ्जालमा राखिरहेका छन् । जसकारण एमालेको एक सशक्त समूहले सरावगिलाई असहयोग गर्ने सम्भवना बलियो बनेको छ ।

सरावगिको रवैयाबाट रुष्ट पार्टीका नेता कार्यकर्ताहरूले पनि उनलाई सहयोग नगर्ने अड्कल गरिएको छ ।

अहिले राजेशमानसित गठबन्धनमा रहेका नेपाली कांग्रेसका अजय द्विवेदी अघिल्लो चुनावमा १७ हजार १९७ मत पाएर दोस्रो भएका थिए । यो मत राजेशमानका लागि निर्णायक हुने अपेक्षा जसपाको छ ।

शुरुवातमा गठबन्धनको विपक्षमा उभिएको पर्सा कांग्रेसले केन्द्रले कुनै पनि हालतमा गठबन्धनको उम्मेदवारलाई जिताएर पठाउन निर्देश दिएका कारण राजेशमानलाई शत प्रतिशत सहयोग हुने सम्भावना देखिन्छ । 

गठबन्धनमा रहेको अर्को दल माओवादी केन्द्रका रहबर अन्सारीले त्यसबेला ८ हजार ३०५ मत ल्याएर छैटौं स्थान बनाएका थिए । रहबरले पाएको भोटमध्ये अधिकांश मुस्लिम समुदायको सहानुभूति भोट थियो ।

त्यो जनमत राजेशमानको पक्षमा जाने सम्भवना निकै बढि छ । जसपाका तर्फबाट मुख्यमन्त्री रहेका लालबाबु राउत, विधाएक जन्नत अंसारी, मञ्जुर अंसारी, करीमा बेगम, जिल्ला समन्वय समितिका नेक महम्मद तथा भुमि आयोग पर्साका प्रमुख तबरेज अहमद लगाएतको सहयोगका कारण पनि सिंहको मत बढि आउने देखिन्छ । 

२०७४ को चुनावमा ८ हजार ६८८ भोट ल्याएर पाँचौ स्थान बनाएर सरावगीसँगै पराजित नेशनल मेडिकल कलेजका सञ्चालन बसुरुद्धिन अन्सारी अहिले सरावगीको सारथीको रुपमा छन् । एमालेको स्थानीय तहदेखि केन्द्रसम्म राम्रो पकड भएपनि मुस्लीम समुदाय सँग घात गरेर नेशनल मेडिकल कलेज खडा गरेकोले उनले मुस्लीम समुदायको भोटमा प्रभाव पार्न नसकिने आँकलन गरीएको छ । 

राजपा तत्कालीन ६ वटा पार्टी मिलेर बनेको भए पनि सिंहले ल्याएको मत व्यक्तिगत भएको वीरगञ्जमा चर्चा चल्ने गरेको छ । उनको व्यक्तिगत मत र जसपाको मत समेत मिलाउँदा राजेशमान आजको दिनमा निकै शक्तिशाली रहेको देखिन्छ । 

लोसपाबाट पुरुषोत्तमलाल झा सरावगीको टीममा उपमेयरको उम्मेदवार छन् । वीरगञ्जको राजनीतिमा मास्टर माइन्ड मानिएका विमल श्रीवास्तव विजयको साथमा भएपनि लोसपाका ईमान्दार नेता कार्यकर्ता ओमप्रकाश सर्राफ, महिला नेतृ रम्भा मिश्रा, सुरेन्द्र कुर्मी लगाएतका नेता उनको पक्षमा नभएका कारण मत प्रभावित पार्ने अवस्था नरहेको बुझिन्छ ।

निवर्तमान मेयर सरावगी व्यापारी पृष्ठभुमिबाट आएकोले उनको व्यक्तिगत भोट नहुनु र ५ औँ स्थानमा रहेको एमाले पार्टीबाट चुनाव लड्नुले उनि निर्वाचीत हुने आधार कमजोर मान्न सकिन्छ । त्यसका अलावा अघिल्लो निर्वाचनमा एक ढिक्का रहेको एमालेका कार्यकर्ता पंक्तिमा पकड भएका चिरञ्जीवी आचार्य, बालगोपाल थापा, नागेन्द्र चौधरी, रामचन्द्र साह युवा मनोज चौधरी, अरुण यादव लगाएतका नेता एमालेबाट छुट्टिएर बनेको एकिकृत समाजवादीको तर्फबाट अर्का उम्मेदवार सिंहको गठबन्धनमा सहभागि रहेकोले पनि सरावगिको अवस्था एमालेमा कमजोर देखिएको हो । 

एमाले भित्रको किचलो र असन्तोषको अंकगणित सिंहको पोल्टामा जोडिने चर्चा धेरै हदसम्म सत्यनिकट देखिन्छ ।

कमल थापाको राप्रपा नेपालका नेता राजीव पराजुली र पूर्वमेयर प्रदीप सुवेदीको साथ सरावगिलाई भएपनि उनिहरुको एक जना कार्यकर्ता पनि सरावगीको पछि लागेको देखिदैँन । 

सरावगीले साढे ४ वर्षसम्म मेयर पदमा रहेर नगरपालिकाको कर बढाएर जनताको ढाड सेक्ने र खाएको कसम पुरा नगरी जनमतको अपमान गरेकोले आम मतदाताले उनलाई साथ नदिने अनुमान पनि गरिन थालेको छ । यी अंकगणित र अनुमानका बीच वीरगञ्ज महानगरको मेयरको कुर्सीमा को बस्ला ? यसको लागि त मत परिणामसम्म पर्खिनैपर्ने हुन्छ ।
 

Back to top