×

हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा शोभा यात्रा निकालिएको छ । शोभा यात्राका क्रममा वीरगञ्जको नगर परिक्रमा गरिएको छ । चैत शुक्ल पुर्णिमाका दिन मनाइने हनुमान जयन्तको अवसरमा निकालिएको शोभा यात्रामा हजारौको उपस्थिती रहेको थियो । भगवान रामभक्त हनुमानको आजकै दिन माता अञ्जलीको कोखबाट जन्म भएको सम्झनामा चैत पुर्णिमा दिन हनुमान जयन्ती मनाउने परम्परा रहेको छ । वीरगञ्जमा बृहत झाँकीसहित निकालिएको बिहाल शोभा यात्रामा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का जसपाबाट वडाअध्यक्षका उम्मेदवार सुशिल साह कानु, अजय कुमार गुप्ता, विभिन्न राजनीतिक दलका प्रतिनीधि, स्थानीय जनप्रतिनीधि, नेता, कार्यकर्ता, समाजसेवी, बुद्धिजिवी, हिन्दुबादी संघ संस्थाका प्रतिनीधिहरु, युवा, विद्यार्थी, महिला लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

Back to top