×

वीरगञ्ज, २ बैशाख ।  नयाँ वर्षको अवसरमा साहित्यीक चौतारी नेपालले शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । साहित्यीक चौतारी नेपाल केन्द्रिय अध्यक्ष गीता भण्डारीको सभापतित्व सम्पन्न कार्यक्रममा सर्जक एवम् साहित्यीक चौतारीका विभिन्न शाखाका प्रतिनीधिहरुले नयाँ वर्ष सम्बन्धी सृजना प्रस्तुत गरेका थिए । 

साहित्यको बिकास र बिस्तारमा पछिल्लो समय निक्कै सक्रिय संस्था साहित्ीयक चौतारी नेपालले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा नेपाल तथा नेपाल बाहिर रहेका नेपाली भाषीलाई एवम् साहित्यीक अनुरागीहरुलाई एकबद्ध गर्न सफल भएको छ । 

नेपाल प्रज्ञा– प्रतिष्ठानका सदस्य सचिव एवं दर्शन शास्त्र विभागका प्रमुख, जगत्प्रसाद उपाध्यायले चौतारीले साहित्यको जगेर्ना र भाषाको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वा गरीरहेको भन्दै प्रशंसा गरे । 

विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू प्रदेशीले साहित्यीक संस्था धेरै जन्मिएपनि टिकाउ हुन नसकिरहेको अवस्थामा चौतारीको सक्रिया र निरन्तरता सह्रानीय रहेको बताए । कोरोना भाइरसको महामारीमा पनि चौतारीले गरेका काम र भर्चुअल माध्यममार्फत निरन्तरता दिएको साहित्यीक गतिविधि तारिफयोग्य रहेको बताए ।

चर्चित गायिका तथा अभिनेत्री नेपाल संङित तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी पुर्व विभागीय प्रमुख कविता आले, साहित्यीक चौतारी नेपालका वरिष्ठ सल्लाहकार नेपाल सस्कृत विश्व विद्यालय शिक्षाध्यक्ष प्राध्यापक डा. भीम खतिवडा लगायतले साहित्यको संरक्षण र भाषाको प्रवद्र्धन गरेर अरु नवसाहित्यकारहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा  इन्जिनियरिङ साहित्य सञ्जालकाल अध्यक्ष सागर अधिकारी, झरना साहित्यीक परिवारका अध्यक्ष दीपक गौतम, वरिष्ठ साहित्यकार कलानिधि दाहाल, साधना साहित्य मञ्चका अध्यक्ष असन्तुष्ट जलन लगायतले शुभकामना मन्तव्य सहित रचना वाचन गरेका थिए । 

यस्तै साहित्यिक चौतारी नेपाल प्रदेश न. १ का शाखा अध्यक्ष कविता केसरी, मधेश प्रदेशका सचिव सुर्यनारायण वि .क (शुभचिन्तक), गण्डकी शाखा उपाध्यक्ष शोभा खनाल, लुम्बिनी शाखा प्रतिनिधि चन्द्रवती अधिकारी, सुदुरपश्चिम शाखा अध्यक्ष लोकविक्रम मल्ल, कर्णाली शाखाका मनोज परियार, साहित्यिक चौतारी नेपाल बारा जिल्ला कमिटी सल्लाहकार अभिशेख ओझा, तेह्रथुम इकाई कमिटी संयोजक बद्री याक्चाले सिर्जना सहित शुभकामना व्यक्त गरेका थिए । 

नेपाल बाहिरका चौतारी शाखा मध्ये इजरायल शाखा अध्यक्ष नवीन यात्री, जापान शाखा अध्यक्ष  अमरदेव बास्तोला, साउदी अरव शाखाका महासचिव देवेन्द्र विश्वकर्मा, भारत शाखा प्रचारप्रसार विभाग प्रमुख प्रेम न्यौपाने, यस्तै अमेरिकाबाट रिता प्रधानले रचना वाचन गर्दै नयाँ वर्षको शुभकामना साटासाट गरेका थिए । 

साहित्यीक चौतारी नेपालका महासचिव रामप्रसाद सुवेदीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिव रोशन तिमिल्सिनाले गरेका थिए । 


 

Back to top