×

सुनसरी, ४ माघ । महोत्सवमा भारतका प्रसिद्ध भोजपुरी गायक खेसारीलाल यादव नआएपछि दर्शकहरुले तोडफोड गरेका छन् ।  

सुनसरी जिल्लास्थित बर्जु गाउँपालिका वडा नम्बर ३ स्थित ताल नजिकै आयोजित बर्जु महोत्सवमा खेसरीलाल नआएपछि महोत्सव स्थलमा आक्रोशित दर्शकको भीडले तोडफोड र आगजनी गरेका हुन् ।

महोत्सव आयोजकले कार्यक्रम स्थलमा मंगलबारको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । तर, उनी नआएपछि आक्रोसित भीडले चारवटा भारतीय सवारी साधनमा आगजनी गरेका छन् ।

भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेसारीलाललाई प्रशासनले विराटनगरमै रोकेपछि कार्यक्रम उनि कार्यक्रममा पुग्न सकेका थिएनन् । उनि नआएपछि कार्यक्रम हेर्न पुगेका दर्शकले तोडफोड सुरु गरेका थिए ।

पुष २३ गतेबाट महोत्सव सञ्चालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । यद्दपी प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै आयोजकले खेसारीलालको प्रस्तुति तय गरी टिकट बिक्री गरेका थिए । 

Back to top