×

वीरगञ्ज, ४ माघ । राष्ट्रिय विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज एकाई समितिले पनि मंगलबार साँझ मुख्यमन्त्री राउत र लोसपा मधेस प्रदेशका संसदीय दलका नेता जितेन्द्र सोनलको पुत्ला दहन गरेको छ ।

एकाई समितिका अध्यक्ष महमद सगिर अलीको नेतृत्वमा रहेका विद्यार्थीहरुले ठाकुरराम क्याम्पस मुल गेट अगाडि राउत र सोनलको पुत्ला दहन गरेका हुन् । 

वीरगञ्जलाई राजधानी कायम गराउन कुनै भुमिका नखेलेको र उदासिन रहेको आरोप लगाउदैं विद्यार्थीहरुले राउत र सोनल विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

विरोध कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघका जिल्ला अध्यक्ष विकिराज पटेल, एकाई समितिका सचिव विवेक कुमार झा, सह सचिव अंकित मिश्रा, प्रदेश सदस्य अनिष कुशवाहा, लाेसपा उपाध्यक्षा सुजित गिरी, राजु गुप्ता, अाविद हुसैन, पप्पु यादव, संदिप गुप्ता, संदिप पटेल लगायतको सहभागिता रहेको थियो ।

Back to top