×

वीरगञ्ज, ४ माघ । वीरगञ्जको आदर्शनगर रंगशालामा जारी चौथो सहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्र्तगत आजको दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश बिजयी भएको छ । 

लुम्बिनी प्रदेशलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै लुम्बिनी प्रदेश बिजयी भएको हो । सुदुरपश्चिम प्रदेशका लागि जर्सी नम्बर १२ की ममता भट्टले नै तिन गोल गरीन् । भट्टले १३, २३ र ४९ मिनेटमा गोल गरेर मिटलाई जित दिलाइन् । 

लुम्बिनी प्रदेशले इन्जुरी समयभन्दा अगाडी गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन । यद्यपी लुम्बिनीले पनि अत्यन्तै प्रतिस्पर्धात्मक रुपमा खेल प्रदर्शन गरेको थियो । 

नेपाल हक्की संघले सानो पाइलासँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका छन् ।

यसअघि आजै भएको पहिलो खेलमा मधेश प्रदेशलाई ५ गोलले पराजित गर्दै नेपाली सेनाको समुह विजयी भएको थियो । 

Back to top