×

वीरगञ्ज, ४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा ढुङ्गा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । 

मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको निवासमा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेका हो  । 

नेपाली कांग्रेसले जनकपुरलाई प्रदेशको राजधानी बनाएको विरोधमा निकालेको मोटरसाइकल ¥यालीबाट निस्केर मुख्यमन्त्री राउतको घरमाथि ढुङ्गा ढुङ्गा प्रहार गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १ निवासी २६ वर्षीय सुमन पटेललाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

पटेलले प्रहार गरेको ढुङ्गाबाट राउत निवासको २ वटा सिसा फुटेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पक्राउ गरेका पटेलविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता डिएसपी खनालले बताए । 

Back to top