×

वीरगञ्ज, ४ माघ ।  लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का वीरगञ्ज महानगरपालिका कमिटीका संयोजक ओमप्रकाश सर्राफले मधेश प्रदेशको राजधानी वीरगञ्ज नहुनु मधेश आन्दोलनको मर्म विपरित रहेको बताए । 

मधेश आन्दोलनको पर्यावाची नै वीरगञ्ज भएको हुँदा मधेश आन्दोलनको भावना र मर्म विपरित जनकपुरधाम राजधानी बनेको सर्राफको धारणा छ । तत्कालिन नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले जनकपुरधामलाई अस्थायी राजधानी तोकेको समयमै सबैको साथ र समर्थन भए वीरगञ्ज अस्थायी राजधानी हुन सक्ने युवा नेता सर्राफको तर्क छ । 

यद्यपी ६ महिना लामो आन्दोलनको उपहास गर्दै जनकपुरधामलाई राजधानी बनाउनुको पछाडी प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको उदासिनता र गैरजिम्मेवारपन रहेको सर्राफको आरोप छ । वीरगञ्जलाई राजधानी बनाउने विषयमा मौन हुनुको जवाफ वीरगञ्जवासीलाई मुख्यमन्त्री राउतले दिनुपर्ने पनि सर्राफले बताए । प्रदेश नम्बर २ बाट छुट्टिएर बागमति प्रदेशमा समाहित हुने कुरा मिथ्य र औचित्यहिन भएको बताउँदै सर्राफले यही प्रदेशमा बसेर अधिकार सम्पन्न र समृद्ध मधेश प्रदेशको सपनालाई साकार पार्नुपर्नेमा जोड दिए । 

सर्राफले यात्रा डेलीसँगको संवादमा भने, ‘मधेसवादका प्रणेता एवम्  संघीयताका परिकल्पनाकार स्व. गजेन्द्र नरायण सिह, बाबा रामजनम तिवारी, एवम् मधेश प्रदेशको सपना बोकि आन्दोलनमा होमिएका मधेश आन्दोलनका सयाँै सहिद,  हजारौ घाइते तथा लाखौ आन्दोलनकारीहरुको सपना आंशिक रुपमा भए पनि पुरा भएको छ ।’ 

प्रदेश नम्बर २ मधेस प्रदेशमा नमाकरण भई अधुरो मधेश प्रदेश बने पनि यसले अधिकार र पहिचानको आन्दोलनलाई जिवन्त राखेको सर्राफको ठम्म्याई छ । पुर्वी मधेश र पश्चिमका थरुवट मधेश प्रदेशको लागि संघर्षको बाटो प्रसस्त गर्न पनि अब बाटो खुल्ला भएको सर्राफले बताए । 

मधेश प्रदेशले अब मधेशवादका मुलभुत  सिद्धान्तहरु समानुपातिक समावेशीकरण,  सुशासन, पहिचानमा अधारित प्रादेशिक निति, भ्रस्टाचारमुक्त साशन प्रशासन,  समावेशी÷सन्तुलित बिकास,  माटो सुहाउँदो प्रादेशिक कार्यक्रम,  भाषा÷संस्कृतिको प्रवद्र्धन÷उत्थान लगायतका एजेण्डालाई प्राथमिकताका साथ अघि बढाउँदै मधेश प्रदेशको नामलाई सार्थकता प्रदान गर्नुपर्ने जिम्मेवारी अब सम्पुर्ण राजनीतिकर्मी एवम् प्रदेश सभा सदस्यहरुको काँधमा आएको सर्राफको भनाई छ । उक्त जिम्मेवारीलाई दलभन्दा माथी उठेर निर्वाह गर्न पनि उनले आग्रह गरेका छन् । 

Back to top