×

वीरगञ्ज, ४ माघ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका भातृ संगठनहरुले प्रदेश सभा सदस्य अब्दुल रहिम (मन्जुर) अन्सारीलाई नै जिल्ला अध्यक्षको रुपमा स्विकार गरेका छन् । जसपाका भातृ संगठनले आज सयुँक्त प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्षमा माघ २ गते बसेको बैठकबाट सर्वसहमत रुपमा अध्यक्षमा चयन भएका अन्सारीलाई बधाई ज्ञापन गरेका छन् । 

संगठनका पुराना अनुभवी एवम् कर्मठ र कुशल नेतृत्व जिल्लाले पाएको भन्दै खुशी व्यक्त गर्दै अब संगठनले नयाँ गति प्रदान गर्ने पनि विज्ञप्तीमार्फत विश्वास  गरिएको छ । जसपा पर्सा अब पार्टीको लक्ष्यअनुरुपको मार्गमा निर्देशीत हुने र संघियता, समानता एवम् सुशासन स्थापनाका लागि अहोरात्र लाग्ने समाजवादी युवा संघ नेपाल पर्साका अध्यक्ष गौरव बर्माले बताए । 

यसअघिका अध्यक्ष रामनरेश प्रसाद यादवको नेतृत्वमा पार्टीले जिल्लाभित्र अपेक्षाअनुसारको काम गर्न नसकेको, पार्टीभित्रका आन्तरिक समस्याहरुको समाधानका लागि तदारुकता नदेखाएको हुँदा नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्थाको सृजना भएको समाजवादी विद्यार्थी युनियन ठाकुरराम बहुमुखी क्याम्पस एकाई कमिटिका अध्यक्ष हरिन्द्र साहले बताए । 

समाजवादी युवा संघ नेपाल पर्साका ईन्चार्ज  अमित यादव, पर्साका अध्यक्ष गौरव बर्मा, समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबु रांकी, समाजवादी महिला संघ नेपाल पर्साकी अध्यक्ष इन्दु देवी यादव, समाजवादी मुस्लिम संघ नेपाल पर्साका अध्इक्ष मोहमद सलिम अन्सारी र समाजवादी विद्यार्थी युनियन ठाकुरराम बहुमुखी क्याम्पस इकाइ कमिटीका अध्यक्ष हरिन्द्र साहद्वारा जारी सयुँक्त विज्ञप्तीमार्फत पर्सा जिल्लामा जसपाले कुशल एवम् कर्मठ नेतृत्व पाएको भन्दै खुशी व्यक्त गरिएको छ । 

साथै आगामी दिनमा संगठनप्रतिको उत्तरदायित्व बढ्दै जाने र भातृ संगठनहरु पनि सुदृढ एवम् सशक्त बन्नुका साथै १४ वटै स्थानीय तहहरुमा संगठन विस्तारले तिव्रता पाउने विश्वास गरिएको छ । 

Back to top