×

वीरगञ्ज, ४ माघ ।   सर्लाहीको बरहथवा नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) उमाशंकर प्रसाद याद उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख यादवलाई पुष महिनामा जिल्ला भरीकै उत्कृष्ट कार्य गरेको भन्दै प्रमाण पत्र प्रदान गरेको छ ।

यादवले बरहथवा नगरपालिका वडा नम्बर १० कटानी टोल बस्ने ३२ वर्षिया सावित्री कुमारी महराको हत्यामा संलग्न हरिवन नगरपालिका वडा नम्बर १० बस्ने २७ वर्षिय संतोष साह, मुकेश ब्लोन र २२ वर्षिय रोहित हजरालाई पक्राउ गरी कारवाहीको प्रक्रिया अगाडी बढाएका थिए ।

त्यस्तै बागमती नगरपालिका वडा नम्बर १० बस्ने कासिम मंसुरलाई वडा नम्बर १० बस्ने गफार सेख सहित ४ जनाले कुटपिट गरी घाइते बनाए पछि मंसुरको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु पश्चात कुटपिटमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुदा दर्ता गरि यादवले कावाही अगाडी बढाएका थिए ।

यस्तै बसवरीया गाउँपालिका वडा नम्बर ५ स्थित सुवोध चौधरीको टेण्ट हाउसमा विभिन्न सामग्री चोरी गरेका ३ जना अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाही गरि प्रहरी संगठनको छविलाई उच्च राख्न अहम भुमिका निर्वाह गरेको भन्दै प्रहरी नायव उपरीक्षक(डिएसपी) यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए ।

Back to top