×

दक्षिण भारतीय (साउथ) फिल्मले पछिल्लो समय बलिउडलाई समेत टक्कर दिन थालेका छ । बलिउडका  दर्शक साउथ फिल्ममा समेत आकर्षित भइरहेका छन् । साउथको कथा र एक्सनले सबैलाई लोभ्याइ रहेको पाइन्छ । अहिले साउथ स्टार भारतमा मात्र नभएर विश्वभर चिनिन थालेका छन् । उनीहरुका फिल्मले बक्स अफिसमा राम्रो आम्दानी गर्न थालेको छ । साउथ फिल्ममा ५ महँगा अभिनेता, जसको चर्चा यहाँ गर्न खोजिएको छ । 

रजनीकान्त 

अभिनेता रजनीकान्तको चर्चा साउथदेखि बलिउडसम्म छ । रजनीकान्त भारतको अलवा थुप्रै देशमा समेत चर्चित छन् । रजनीकान्तले एक फिल्मका लागि ४० देखि ५० करोडसम्म (भारु) पारिश्रमिक लिने गरेको बताइन्छ । उनले एक फिल्मका लागि एकसय करोड (भारु) लिएको चर्चा पनि छ । पारिश्रमिकको मामलामा उनले बलिउडका चर्चित अभिनेता अभिनेत्रीलाई पछि पारेका छन् ।

प्रभास

 साउथ सुपरस्टार प्रभास फिल्म बाहुबलीका कारणले सबैतिर चिनिएका हुन् । फिल्मको दुबै भाग सुपरहिट सावित भएको थियो । उनले २०१९ को फिल्म ‘साहो’ बाट बलिउड अभिनयमा डेब्यु गरेका थिए । उनी एक फिल्मका लागि ३५ करोड (भारु) लिने गर्दछन् ।

मोहनलाल

 मोहन लालका फिल्म पनि सुपरहिट हुने  गर्दछ । उनी विदेशमा समेत लोकप्रिय छन् । उनले पद्य श्री र पद्यभुषण जस्ता सम्मान समेत पाइसकेका छन् । मोहन लाल एक फिल्मका लागि ६४ करोड (भारु)सम्म लिने गर्छन् ।

रामचरण

 अभिनेता रामचरण पनि साउथका स्टार हुन् । अहिले उनको फिल्म आरआरआर चर्चामा छ । रामचरण एक फिल्मका लागि १० देखि १४ करोड (भारु) लिने गर्दछन् ।

अल्लु अर्जुन  

अल्लु अर्जुन अहिले साउथको अलवा बलिउडमा पनि छाइरहेका छन् । उनको फिल्म पुष्पाले हालै राम्रो ब्यवसाय गरेको छ । अल्लु अर्जुन एक फिल्मका लागि २० देखि २५ करोड (भारु)सम्म फिस लिने गर्दछन् ।

Back to top