×

सुरेन्द्र कुर्मी

मधेस आन्दोलनको जनादेश आत्मनिर्णयको अधिकार सहित समग्र मधेस एक स्वायत्त प्रदेश हो । हाल मधेसलाई पाँच टुक्रामा विभाजित गर्दै पाँच प्रदेशमा सामाबेश गरिए को छ । जुन हरेक दृष्टिकोणबाट अबैज्ञानीक छ ।

नेपालमा रहेको एकात्मक शासन ब्यवस्थाबाट मधेसको अधिकार सम्बोधन हुने अवस्था नहुँदा र नेपाललाई विभाजित हुनबाट जोगाउन बिकल्पको रूपमा संघीयताको माग को आएको हो तर सशक्त मधेस आन्दोलनबाट एक ढिक्का भएको मधेसलाई कमजोर पार्न र कालान्तरमा संघीयता उपयूक्त छैन भनी शिद्ध गर्नको लागी नै मधेसलाई विभाजित गरिएको छ ।

यस विभाजित स्वरूपलाई हामी मान्दैनौँ भनी मधेस आन्दोलन पक्षधरले आन्दोलन पनी गरेकै हुन् । तर, बाध्यताबस विभाजित प्रदेश स्वीकार गरीएको छ । आजपनी प्रदेशको नामाङ्कनमा मधेस आन्दोलन पक्षधरले मधेस प्रदेशमा अडान लिएका छन ।

मधेसको अर्थ सम्पूर्ण मधेश अर्थात २२ जिल्ला हो । मधेस प्रदेश नामाङ्कनको मनसाय आउने दिनमा समग्र मधेस एक प्रदेश बनाउने रणनीति हो । समग्र मधेस एक स्वायत्त प्रदेश बनाउने हो भने समग्र मधेसको राजधानी वीरगञ्ज बाहेक अरू कुनै ठाउँ उपयुक्त हुँदैन ।

प्रदेश नम्बर २ अर्थात धोती प्रदेशलाई धोती नै राख्न लङ्गोटी हुन नदिन रणनीतिक हिसाबले वीरगञ्जलाई राजधानी बनाउनु पर्छ अथवा मधेस आन्दोलन पक्षधर दलले हामी समग्र मधेस नभई वर्तमान प्रदेश नम्बर २ लाई पूर्ण रूपमा स्वीकारेको घोषणा गर्नु पर्यो । वर्तमान प्रदेशलाई स्वीकार गर्ने हो भने कुनै पनी दृष्टिकोणबाट प्रदेशको नाम मधेस राखनु उचित छैन ।

लेखक अधिवक्ता हुन् र लोकतान्त्रिक समाजवादी पार्टीसँग आबद्ध छन् ।

Back to top