×

विषाक्त मदिरा सेवनबाट विहारमा ८ जनाको मृत्यु भएको छ । भारतको बिहार नारन्दा जिल्लामा अवैध विषाक्त मदिरा सेवनबाट शनिबार ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकहरू छोटी पलरी र पहार टल्लीका बासिन्दा रहेको प्रहरीको भनाइ छ । शुक्रबार काम गरेर घर फर्किएपछि सँगै मदिरा सेवन गरेका श्रमीकको मृत्यु भएको हो ।

नालन्दाका प्रहरी अधिकारी अशोक कुमारले मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । विषाक्त मदिरा सेवनबाट अन्य मानिस गम्भीर बिरामी भएका कारण मृतकको संख्या बढ्न सक्ने कुमारले बताएका छन् ।

यसैबिच मुख्यमन्त्री नीतीश कुमारको गृह जिल्ला नालन्दामा घरेलु मदीरा सेवनबाट मानिसहरूको मृत्यु भएपछि विपक्षी दलले कुमारको राजीनामा मागेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

Back to top