×

वीरगञ्ज, २ माघ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समिति विस्तार गरेको छ । सङ्घले कृषि प्रबद्र्धन समिति विस्तार गरेको हो । 

समितिको संयोजकमा तारा प्रसाद मनोनयन भएका छन् । उनलाई सङ्घका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले समितिको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउने भन्दै विश्वास लिएको बताइएको छ । 

समिति विस्तारको क्रममा सम्बोधन गर्दै अध्यक्ष डा. गुप्तले
सङ्घअन्तर्गत रहेका समितिहरुले आफ्नो लक्ष्य प्राप्त गरे मात्र सङ्घले पनि आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताएका थिए ।

कृषि प्रबद्र्धन समितिका संयोजकको जिम्मेवारी पाएका तारा प्रसादले आफूमाथि गरिएको विश्वासका लागि सङ्घ प्रति आभार प्रकट गर्दै समितिको काम कारवाहीमा आफूले कुनै कसर नछोड्ने र भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सचिव आशीष लाठ, सह–सचिव अनोज रुँगटा लगायतको उपस्थिति रहेको थियो । 
 

Back to top