×

फाइल तस्बिर

वीरगञ्ज, २ माघ ।  वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) बीचका लगभग २ सय जग्गाधनीले अँझै पनि मुआब्जा पाउन सकेका छैनन् । 

लगभग २ सय स्थानीयले मुआब्जाबापतको लगभग ३ अर्ब रुपैयाँ पाउन बाँकी छ । यसअघि सो क्षेत्रका ९५ जना जग्गाधनीले भने मुआब्जाको रकम बुझेका छन् । ९५ जग्गाधनीलाई २ अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरण गरिएको बन्दरगाह भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

प्रमुख खत्रिकाअनुसार पहिलो चरणमा आएको १ अर्ब ५० करोड र मंसिर महिनामा निकास भएको १ अर्ब गरेर २ अर्ब ५० करोड रकम मुआब्जा वितरण गरिएको हो । 

सुक्खा बन्दरगाह र आईसीपीबीच २ सय ९७ जग्गाधनीको करिब १ हजार ४ सय कित्ता जग्गा छ । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सबैभन्दा बढी मुआब्जा प्रतिकट्ठा ६७ लाख ७० हजार रुपैयाँ र सबैभन्दा कम प्रतिकट्ठा २४ लाख ६० हजार रुपैयाँ रहेको छ । ५ वर्षअघि स्थानीयको ६२ बिघा जग्गा अधिग्रहणका लागि रोक्का गरिएको थियो । 
 

Back to top