×

वीरगञ्ज १ माघ । नेपाल रेड्क्रस सोसाइटी आदर्शनगर घडीर्अवा उपशाखाको ३८ औ साधारण सभा सम्पन भएको छ ।

पूर्ब निर्धारित कार्यक्रम अनुसार उपशाखाको सभापति सन्तोष कुमार गुप्ताको सभापतित्वमा नेपाल रेड्क्रस सोसाइटी आदर्शनगर घडीर्अवाको ३८ औ साधारण सभा सम्पन भएको हो ।

प्रदेश कमिटीको सभापति श्री फूलमहमद मियांको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ठ पर्साको सभापति बीरेंद्र राज कंडेल, बिरगञ्ज महानगर पालिका वडा नम्बर ९ अध्क्षय राम नगीना प्रसाद कानू,  समाज सेवी एवं  शिवपार्बती मठ एवं अतिथि सदनका अध्क्षय परमानंद साह कानू, पर्साका सदश्य मदन गुप्ता, श्रीमती बबिता कुमारी कानूको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा स्वागत मंतब्य श्रीमति अंजू श्रेष्ठ, खादा बितरण गुडि़या कुमारी साहले गर्नु भयको थियो । 
 

Back to top