×

वीरगञ्ज, १ माघ । स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पर्साका २ जना पत्रकार सम्मानित भएका छन् । 

नेपाल पत्रकार महासंघ पर्साले स्व.गोपाल गिरीको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट राजधानी दैनिक र थाहा खबरमा आवद्ध तुलसी भण्डारी र प्रतिक दैनिकका सम्पादक प्रताप श्रेष्ठ सम्मानित भएका हुन् । 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुपत तिवारीको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहका बिच वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले नगद रु २५ हजारसहित दोसल्ला र सम्मान पत्रमार्फत सम्मान गरेका हुन् । 

कोरोना भाइरसको महामारीका कारण यसअघि वितरण गर्न नसकिएको हुँदा आज २०७७ र २७८ सालको पुरस्कार एकै पटक वितरण गरिएको हो । 

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले सक्रिय रुपमा पत्रकारिता गरीरहेको पत्रकारहरुको प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । 

राज्यको चौथो अंग भनिएका पत्रकारहरुलाई सम्मानले थप जिम्मेवार बनाउने विश्वास पनि उनले व्यक्त गरे । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता, स्व.गोपाल गिरीका छोरा गिरीश गिरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 

Back to top