×

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोहबीच पर्साका सशस्त्र प्रहरी उपरीक्षकको बिदाई समारोह सम्पन्न गरेको छ । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काको बिदाई समारोहमा बोल्दै सशस्त्र प्रहरी र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सम्बन्ध सधैं प्रगाढ रहने बताउनु भयो ।

उहाँले पर्सामा अवैध कारोबार तथा तस्करी नियन्त्रणमा देखाउनु भएको शुन्य सहनशीलता र सीमा सुरक्षालाई व्यवस्थित र सुदृढ बनाउन दत्तचित रही आम सरोकारका विषयहरुलाई आनो दैनिकी बनाएर निर्वाह गर्नु भएको भूमिका पर्सेली जनताका लागि अविष्मरणीय रहेको बताउनु भयो । 

बिदाई समारोहमा सशस्त्र प्रहरी उपरीक्षक खड्काले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले गरेको माया र सदभाव आफू कहिले पनि बिर्सन नहुने बताउनु भयो । उहाँले सामाजिक विकासको लागि वीउवासले निर्वाह गर्दै आएको भूमिका सराह्नीय रहेको बताउँदै आगामी दिनहरुमा समेत एक आपसबीचको सम्बन्ध अझै प्रगाढ हुने धारणा राख्नुभयो । 

साथै सोही समारोहमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. गुप्ताले सशस्त्र प्रहरी हेतु सङ्घले आठ हजार पिस मास्क र दुई सय पिस सेनिटाईजर सशस्त्र प्रहरी उपरीक्षक राजेन् खडकालाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महास प्रदेश नम्बर २ अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रिय अध्यक्ष अशोक कुमार बैद्य, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द साह, सहसचिव अनोज रुँगटा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Back to top