×

वीरगञ्ज, १ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को वीरगञ्ज महानगर कार्यसमितीले आयोजना गरेको पार्टी प्रवेश तथा युवा भेला भव्यताका साथ शुक्रबार ओम पार्टी प्यालेसको सभाहलमा समपन्न गरेको छ ।

नगर अध्यक्षय ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश तथा युवा भेला कार्यक्रमको सम्बोधन गर्दै सरार्फले वीरगञ्ज औद्योगीक कोरीडोरको उद्योगहरुमा स्थानिय युवाहरुको रोजगारीको सुनिश्चिताको लागी आन्दोलन गर्ने उद्धघोष गरेका थिए । साथै युवाहरु अब समाजिक कार्यकर्ताको रुपमा समाज सेवा गर्नु पर्नेमा जोड दिएका थिए ।

पार्टी प्रवेश तथा युवा भेलामा विभिन्न क्षेत्रका दुई साय युवा नेता कार्यकर्ताहरुले लोकतान्त्रिक समाजवादी नेपालमा पार्टी प्रवेश गरेका थिए । भेलाले राहुल शर्मालाई नगरको युवा अध्यक्ष र अन्जना गुप्तालाई महिलाको अध्यक्षमा चयन गरेको थियो ।

पार्टी प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई लोसपा जिल्ला अध्यक्ष पुरुषेतमलाल झा, नेताहरु रम्भा मिश्र, कृष्ण पटेल लगायतले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा जिल्ला सद्स्य शिवसंकर द्विवेदी, नगर उपाअध्यक्ष हरेन्द्र पटेल (बाबा), शेखफिरोज, बेदामी प्रसाद, सह-सचिव रेखा सोनिलगायत सदस्यहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजिकरण नगर सचिव विकाश चौधरीले गरेका थिए ।

Back to top