×

चन्द्रकला अधिकारी

कहिले जित सम्झिन्छु कहिले हार सम्झिन्छु
छोडी जाने निष्ठुरी लाई लगातार सम्झिन्छु

सोचेको जस्तो कहिल्यै नहुँदा जिन्दगीमा
मन बुझाउछु अनि फुटेको निधार सम्झिन्छु

दिनहुँ हत्या, हिंसा,अनि बलात्कार भई रहदा
बद्लिन नसकेको यो स्वार्थी संसार सम्झिन्छु

हजारौं सपना बोकेर परदेसीएको छोराले
खुसी किन्न गरेको आँसुको व्यापार सम्झिन्छु

Back to top