×

वीरगञ्ज, ३० पुष ।  मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम हुने बताएका छन् । प्रदेश सभाबाट प्रदेशको नामकरण र राजधानीको निर्णय हुने ठोकुवा गर्दै मुख्यमन्त्री राउतले नामाकरण र राजधानीको विषय सहमति नजिक पुगेको  बताए । 

पर्सा जिल्लाको वीरगञ्जबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री बनेका राउतले वीरगञ्जलाई नै प्रदेश नम्बर २ को राजधानी बनाउ पहल गर्ने आशा बोकेका पर्साबासी यतिबेला निराशा बन्दै मुख्यमन्त्री राउतप्रति आक्रोशित छन् । 

मुख्यमन्त्री राउत पनि आफ्नो मुख्यमन्त्रीको पद जोगाउन र पार्टी प्रति राम्रो छबी कायम राख्नका लागि पनि जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशन पालना गर्दै हनुमान बन्नुको बिकल्प राउतसँग छैन । 

दुवै हातमा लड्डु त कसलाई नै हुन्छ र ? एकातिर पार्टीको निर्देशन पालना गरेर वीरगञ्जवासी भएर पनि जनकपुरधाम राजधानीमा समर्थन जनाएपछि पर्साबासीको आक्रोश र गाली त सुन्नै प¥यो । 
अब पदावधी पनि लगभग सकिन लाग्दा बरु मुख्यमन्त्री पदबाट राजीनामा दिएर भएपनि वीरगञ्जलाई राजधानी बनाउन पहल गरे पर्साबासीबाट उनले वाहवाही बटुल्नुमा कुनै आशंका नभएको वीरगञ्जका स्थानीय धर्मनाथ सर्राफ बताउँछन् । 

यता प्रदेश नम्बर २ का अन्य प्रदेश सभा सदस्यहरुले पनि जनकपुरधामका लागि  सहमती जनाएपनि वीरगञ्जमा आएर जनताको सामु विरोध गरे जस्तै गरेर दोहोरो चरित्र देखाएका छन् । 

नेपाली कांग्रेस पर्सा, नेकपा एमाले, लोकतान्त्रीक समाजवादी पार्टीका जिल्ला अध्यक्षहरुले वीरगञ्जलाई राजधानी बनाउन भन्दै विभिन्न क्रियाकलाप देखाउँदै जनतालाई दुःख दिइरहेका छन् । यदि वास्तवमै राजधानी बनाउने हो भने पार्टीका केन्द्रिय अध्यक्षहरुलाई वीरगञ्ज राजधानीको पक्षमा बोल्न लगाएर देखाउन पनि वीरगञ्जका स्थानीय धर्मनाथ सर्राफले चुनौती दिएका छन् ।

यदि चुनौतीको सामना गर्न सक्ने सामथ्र्य नभएर वीरगञ्ज राजधानी बनाउने भन्दै कोरोना भाइरसको जोखिममा जनतालाई भ्रममा पार्न गरिने नाटकहरु बन्द गर्न पनि उनले आग्रह गरेका छन् । 
 

Back to top