×

वीरगञ्ज, ३० पुष ।  स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार वितरण समारोह चार पत्रकार संगठनले बहिस्कार गर्ने भएका छन् ।

प्रेस युनियन पर्सा, प्रेस सेन्टर नेपाल पर्सा, समाजवादी प्रेस संगठन पर्सा र राष्ट्रिय दलित पत्रकार संघ पर्साले बिहिबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै माघ १ गते शनिबार हुने पुरस्कार वितरण समारोह बहिस्कार गर्ने जनाएका हुन ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले वितरण गर्ने पुरस्कारको लागि छनौट भएका व्यक्तिहरुलाई प्रक्रिया नै नपु¥याई महासंघ पर्सा शाखाले बल–मिच्याई गरी चयन गरेको र पुरस्कृत हुने व्यक्तिहरुको हकमा पूणर्तः प्रेस चौतारीकरण गरिकाले पुरस्कार वितरण समारोह बहिस्कार गर्ने निणर्य गरिएको प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीले वताए । 

महासंघलाई सच्चिन, आवश्यक प्रक्रिया पूरा गर्न सञ्चार सम्वद्ध चार संगठनले मंसिर २० गते सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै आग्रह गरे पनि कुनै वास्ता नगरेकाले पुरस्कार वितरण समारोह बहिस्कार गर्न निणर्य गरिएको प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतमले वताए । 

विज्ञप्ती मार्फत आफुहरुले महासंघलाई निणर्य सच्याउन आग्रह गर्दा पनि महासंघ पर्सा शाखाले कुनै किसिमको वास्ता नै नगरेकोले कार्यक्रम बहिस्कार गरी पुरस्कार वितरणको समाचार नलेख्ने निणर्य गरिएको समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले वताए । 

विज्ञप्ती मार्फत चार संगठनले पुरस्कार वितरण समारोह वहिस्कार गर्ने सामुहिक निणर्य गरेको जनाउँदै सोही अनुसार आफ्ना संगठन सम्वद्ध पत्रकारहरुलाई सो पुरस्कार वितरण समारोहमा सहभागी नभई सांकेतिक विरोध जनाईदिनु हुन बिज्ञप्ती मार्फ अनुरोध गरिएको छ ।
 

Back to top