×

वीरगञ्ज  ३० पुष । पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदीप यादवले महिलाहरुद्वारा सञ्चालित ‘एकता महिला बचत तथ ऋण सहकारी संस्था लिमिटेडको भवन निर्माणको जिम्मा लिनु भएको छ । एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै सांसद यादवले संस्थाको भवन निर्माणको सबै खर्चको जिम्मा लिएका हुन् ।

सांसद यादवले,” तपाईहरु जग्गा रोज्नुहोस् ,भवन निर्माण कहाँबाट कसरी गर्ने त्यो मेरो जिम्मा हो” भन्नू भयो । सभालाई सम्बोधन गर्दै उनले, वीरगञ्ज महानगरपालिकाले कसैलाई जग्गा र कसैको भवन निर्माण गर्दै आएको भए पनि महानगर भित्र कै महिलाहरुलाई वास्ता नगरेको आरोप समेत लगाए ।”

महानगरपालिका संग जग्गा उपलब्ध गराउनुहोस् ,भवन निर्माणको जिम्मा मेरो हो” सांसद यादवले थप भने । वीरगञ्जको लक्ष्मिनारायण पार्टी प्यालेसमा आयोजित वार्षिक साधारसभामा बोल्दै सांसद यादवले अब मधेशी महिला घुम्टो भित्र रहिरहने अवस्था नरहेको समेत उल्लेख गरे ।

उनले ,”घुम्टो प्रथाको अन्त्य भईसकेको छ र अब मधेशी महिलाले पनि आर्थिक उन्नतिमा आफ्नो पाईला चालेको देखेर खुशी लागेको वताए । “तपाईहरुको सहयोगमा निरन्तर साथ दिने बाचा गर्दछु” यादवले भने ।

महानगरको ९ वटा वडाको २७ वटा समुदायमा विस्तार भएको ‘एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’मा महिला, पुरुष र बालबालिका गरि चौबीस सय बढी सदस्य आवद्ध छन । 

Back to top