×

वीरगञ्ज ३० पुष । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै वीरगञ्जमा थप कडाई गरिएको छ । 

प्रदेश नम्बर २ को एक मात्र महानगरसमेत रहेको वीरगञ्जमा मास्क नलगाईं हिँड्नमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मास्कलाई अनिवार्य गर्दै नलगाउनेसँग जरिवाना लिन लागेको हो । 

बढ्दो कोरोना संक्रमणको दरले अवस्था थप संवेदनशील बनाउँन लागेपछि सार्वजनिकस्थल र बजारमा आजदेखि मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गरिएको छ । 

वीरगञ्जका विभिन्न स्थानमा प्रहरीले मास्क नलागाई हिड्नेसँग १ सय रुपैयाँ जरिवाना लिन सुरु गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

हालसम्म १ सयभन्दा बढी व्यक्तिसँग मास्क नलगाएको कारण सय रुपैयाँको दरले जरिवाना तिराइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय कोरोनाको जोखिमलाई हेलचेक्रयाईं गरि मास्क नलगाई हिँडडुल गर्नेको संख्या बढ्दै गएपछि प्रशासनले उक्त नियम लागु गरेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । 

साथै, पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्न निर्देशन दिइएको छ ।

Back to top