×

वीरगञ्ज ३० पुष । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै कम्पल वितरण गरेको छ ।

चिसो र शितलहरले स्वास्थ्यमा प्रतिकुल असर नपरोस भन्ने उद्देश्यले ग्रिनसिटीले दातृ निकाय सिप्रदियन साहयता संस्थासँगको सहकार्यमा १ सय ५० जना गरिवहरुलाई कम्बल वितरण गरेको हो ।

कम्बल प्राप्त गर्नेहरुमा मुख्यतः रिक्सा चालक, मेकानिक, मजदुर र सडकमा आफ्नो जीवन विताउन बाध्य रहेका व्यक्ति रहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए ।  

कम्बल वितरण कार्यक्रम पश्चात शसस्त्र प्रहरी बल वीरगञ्जका प्रहरी उपरीक्षक राजेन्द्र खड्कालाई बिदाई गर्दै उनले जिल्लामा गरेको कार्यहरुको प्रसंसा गर्दै मायाको चिनो पनि हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा पर्सा प्रहरीका प्रमुख रमेश कुमार बस्नेत, प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल, प्रहरी निरीक्षक पुरुषोत्तम कार्की, ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की, विपद् व्यवस्थापन गुल्म प्रदेश नम्बर २ का प्रहरी निरीक्षक नितेश सिंह, सामुदायिक सेवा केन्द्र छपकैयाका ग्यासुदीन मियाँ, सञ्चारकर्मी अजित भुजेल र सन्तोष रञ्‍जितकार लगायतको उपस्थिति रहेको थियो ।

Back to top