×

संयुक्त राष्ट्रले लाखौँ अफगान नागरिक मृत्युको मुखमा पुगेको चेतावनी दिएको छ । यस्तोमा अफगानिस्तानको फ्रिज गरिएको सम्पत्ति छिट्टै नै जारी गर्नुपर्ने संयुक्त राष्ट्रको ठहर छ ।

संयुक्त राष्ट्रले अफगानिस्तानको अर्थव्यास्था धरासयी हुनबाट रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग पाँच अर्ब डलरको मानवीय मद्दत सहायता दिन, अफगानिस्तानको फ्रिज गरिएको सम्पत्ति जारी गर्न र उनीहरुको बैंकिङ सिस्टम सुरु गर्न अपिल गरेको छ ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले मिडियासँगको कुराकानीमा फ्रिज गरिएको रकम अफगानिस्तानका जनताका लागि घातक भएको बताए ।

यूएनका अनुसार ८७ लाख अफगानी नागरिक भोकमरीको स्थितिमा छन् ।

गुटेरेसले अफगानिस्तानको अर्थव्यवस्थामा तीब्र रुपमा पैसा हाल्न आवश्यक भएको बताए । यस्तो गरेर लाखौँ मानिसलाई गरिबी र भोकमरीको कारण बन्नबाट रोक्न सकिने उनले बताए ।

अघिल्लो वर्ष अगस्टमा अमेरिकी र नेटो सेनाको फिर्ती र तालिबानको कब्जापछि देशको आर्थिक स्थिति खराब चलिरहेको छ ।

अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानको आर्थिक मद्दत दिन बन्द गरेको छ । उसको सम्पत्ति फ्रिज गरिएको छ । अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानमा समावेशी सरकार बनाउन, महिलालाई अधिकार दिन र मानवाधिकारको पालना गर्नका लागि माग गरिरहेको छ ।

Back to top