×

वीरगञ्ज, २९ पुष । किसान हकहित संघर्ष समिति पर्साले पनि वीरगञ्जलाई नै प्रदेश २ को राजधानी बनाउँनु पर्ने माँग गरेको छ । बिहिबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्ष समितिका अध्यक्ष सहरुम राउत गद्दीले वीरगञ्जलाई नै प्रादेशिक राजधानी बनाउँनु पर्ने माँग गरेका हुन ।

उनले किसानले मात्र वीरगञ्जलाई राजधानी बनाउँन खोजेको छैन, यहाँका व्यापारी, कानुन व्यवसायी लगायतले आ आफनो क्षेत्रबाट वीरगञ्जलाई राजधानी बनाउँनु पर्ने आवाज उठिरहेको बेला वीरगञ्जवासीको माँगलाई सुनवाई नगरिए पर्सा जिल्ला प्रदेश ३ मा समाहित हुने बाध्य हुने चेतावनी समेत दिए ।

मधेशवादी दलहरुले पर्सावासीलाई धोका दिएको आरोप समेत उनले लगाए । मधेश आन्दोलन सफल बनाउँन पर्सावासीले नाकाबन्दी आन्दोलनलाई सफल बनाएका थिए । मधेशी दलका शिर्ष नेताहरुले मधेश आन्दोलन सफल बनाउँने पर्सा जिल्लालाई नै प्रदेश २ को राजधानी बनाउँने प्रतिबद्धता समेत जाहेर गरेका थिए तर आज त्यसको विपरित पर्सावासीलाई धोका दिदै जनकपुरलाई नै प्रदेशिक राजधानी बनाउँन लागेको उनले आरोप लगाए ।

प्रदेश २ को प्रमुख शहरको रुपमा वीरगञ्ज नै हो । यहाँको विकासको अत्याधिक संभावना छ । प्रदेशको द्रुततर प्रगति गर्न वीरगन्जलाई राजधानी बनाउँनु अपरिहार्य नै रहेको छ, उनले भने, ‘ वीरगञ्जलाई प्रारदेशि राजधानी बनाउँन पर्सावासी एकजुट हुनन् जरुरी छ ।’

Back to top