×

वीरगञ्ज २९ पुस । प्रदेश २ को स्थायी राजधानी आर्थिक नगरी विरगञ्जलाई नै बनाउन पर्सा जिल्लाका नेताहरुले माग गरेका छन् । प्रदेश २ को एक मात्रै महानगर तथा देशकै मुख्य आर्थिक नगरीको रुपमा रहेको विरगञ्जलाई नै राजधानी बनाउन नेताहरुले माग गरेका हुन् ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी रहेको लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनललाई आज एक ज्ञापनपत्र बुझाउँदै नेताहरुले राजधानीको लागि विरगञ्ज बाहेक अन्य विकल्प नै नरहेको समेत बताएका छन् ।

मधेश आन्दोलनको बेला समेत पटक–पटक आन्दोलनको केन्द्रबिन्दु रहेको विरगञ्जलाई नै राजधानी बनाउने उदघोष गरेको स्मरण गराउँदै नेताहरुले त्यसकोअर्को विकल्प नखोज्न सचेत गराएका हुन् ।

नामको विषयमा भिन्नता रहेपनी स्थायी राजधानीको विषयमा प्रदेशसभामा रहेकना सबैजसो पार्टीहरुले जनकपुरलाई नै प्रस्ताव गरेपछी विरगञ्जका नेता तथा नागरिकहरु केही दिनदेखी आन्दोलित भईरहेका छन् ।

मधेशवादी दलहरुलेनै विरगञ्जलाई राजधानी नबनाएर जनकपुरको सपोर्ट गरेपछी उनिहरुले नेताको घरमै पुगेर सचेत गराएका हुन् । लोसपाका नेता समेत रहेका विरगञ्जका राजेशमान सिंहको नेतृत्वमा रहेका नेताहरुले विरगञ्जको धरतीमा राजधानीको घोषणा गरेका नेताले धोखा दिने षडयन्त्र गरिरहेको भन्दै सचेत गराएका हुन् ।

 

Back to top