×

बारा २९ पुष । कोरोना संक्रमणको तेश्रो लहर शुरु भईसकेपनि राजनैतिक सभा सम्मेलनमा रोक नलगाएर मौन बस्दै आएको स्थानीय जिल्ला प्रशासन कार्यालय बाराले अन्तत २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ।

कोभिड १९ को तेश्रो लहर ओमिक्रोन तिव्र रुपमा फैलिरहेको गृह मन्त्रालय, सिसिएसी समेत राजनैतिक सभा सम्मेलनमा रोक लगाएपनि निर्वाध भईरहेको र कोरोना समुदाय स्तरमै पुगेको छ । नेपालमा आज बुधबार कोरोनाबाट दुईको मृत्यु भएको छ भने दुई हजार ४४८ नया सक्रमित थपिएका छन्‌ ।

बारा जिल्लामा समेत हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला कोभ्िड १९ व्यवस्थापन समिति डिसिसिएमसी आज बसेको बैठक ले सो निर्णय गरेको हो ।

बैठक पश्चात्‌ प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालद्वारा जारी आदेशमा सार्वजनिक स्थलमा सबै प्रकारका राजनैतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक , सामाजिक एवम्‌ सभा , सेमिनार श्रेला गोष्ठी आदीमा प्रतिबन्ध लगाएको छ।

सार्वजनिक स्थानहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला , भेला तथा महोत्सव लगायतका कुनै पनि कार्यक्रम आयोजना नगर्न प्रमुख जिल्ला अधिकारी ले आदेश जारी गरेका छन्‌ ।

सार्वजनिक स्थानहरुमा कार्यालय , होटेल ,रष्टरन्ट, सिनेमा हल, रङ्खशाला , हवाइ यात्रा पार्क जस्ता ठाउँमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्ध खोप लगाएको का हेरेर मात्र प्रतेश दिने व्यवस्था मा ७ गते देखि अनिवार्य लागु गर्ने प्रमुख जिल्ला अधिकारीले आदेश जारी गरेका छन्‌ ।

बिद्यालय बन्द भएपनि राजनैतिक सभा सम्मेलनमा रोक नलागेको भन्दै शिक्षा क्षेत्रका अगुवाहरुले सामाजिक सञ्जालमा बिरोध गर्दै आएका थिए ।

Back to top