×

जवानी मै कपाल झर्ने समस्या धेरैको टाउको दुखाइको बिषय बनिरहेको हुन्छ । धेरैले मँहगो स्याम्पु र उपचार गरिरहेका हुन्छन् । तर हामीले घरेलु बिधिबाट नै यो समस्याको समाधान गर्न सकिन्छ । हामी घरेलु उपचार गरेर आफ्नो कपाललाई सुन्दर बनाउन सक्छौं र यो धेरै कालो र चमकदार हुनेछ।

मेथी साँच्चिकै अद्धभुत मसला हो जसले हाम्रो खानालाई स्वादिष्ट बनाउँदछ, र यो धेरै प्रकारका मसलाहरूमा प्रयोग गरिन्छ, जुन कुनै चीज स्वादिष्ट बनाउनका लागि धेरै महत्त्वपूर्ण हुन्छ।

यही मेथिको दाना कपालमा उपयोग गर्नु सर्वप्रथम मेथीलाई २ घण्टासम्म पानीमा भिजाएपछि भिजाएको मेथी र पानीलाई अलग अलग छानेर छुट्याउनुहोस् ।

अब यो पानीलाई उपयोग गर्नका लागी त्यस पानीलाई कपालमा लगाउनुहोस् । राम्रोको लागी मेथी पानीलाई रातिमा लगाएर सुत्नुहोस् र बिहान उठेर राम्रोसाग धुनुहोस् । त्यसपछि मेथी पीसेर पाउडर बनाउँनुहोस् र नरिवलको दुधमा राम्रोसँग फेट्नुहोस् । त्यसपछि यसलाई आधा घण्टासम्म कपालमा लगाउनुहोस् र चिसो पानी प्रयोग गरी स्याम्पुले धुनुहोस्।

यो तपाईको झर्ने कपालको लागी एकदमै फाइदाजनक छ । तपाईहरुले यसलाई एक महिना वा हप्तामा २ र ३ चोटी उपयोग गर्नसक्नुहुनेछ । यसको प्रयोग राम्ररी गरेमा कपाललाई अति सुन्दर र कपाल झर्नबाट बचाउँछ ।

यो तपाईको झर्ने कपालको लागी एकदमै फाइदाजनक छ । तपाईहरुले यसलाई एक महिना वा हप्तामा २ र ३ चोटी उपयोग गर्नसक्नुहुनेछ । यसको प्रयोग राम्ररी गरेमा कपाललाई अति सुन्दर र कपाल झर्नबाट बचाउँछ । - Mountent News

Back to top