×

बलिउड अभिनेत्री आम्दानीको मामिलामा निकै अगाडि छन् । केहीको आम्दानी त अभिनेता सरह हुन थालिसकेको छ । कोही अभिनेत्री त एक फिल्मका लागि १२ देखि १३ करोड (भारु) फि समेत लिने गर्छन् । बलिउडका यी हुन् सबैभन्दा धनी अभिनेत्री ।

प्रियंका चोपडा: बलिउडदेखि हलिउडसम्म छाउन सफल छिन् अभिनेत्री प्रियंका चोपडा । उनी भारतकी सबैभन्दा धनी अभिनेत्रीमा पर्दछिन् । फिल्मको अलावा उनको फेसन ब्राण्ड, हेयर प्रोडक्ट, रेष्टुरेन्ट समेत रहेको छ । उनी  बलिउड एक फिल्मका लागि ६ देखि १० करोड फिस लिने गर्छिन् ।

करीना कपुर: छिट्टै फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिने अभिनेत्री करीना कपुर खानसँग ४१२ करोड सम्पत्ति छ । एक फिल्मका लागि उनी ८ देखि १२ करोड फिस लिन्छिन् । ‘सीता’ फिल्मका लागि उनले १२ करोड फिस मागेकी थिइन् । फिल्मको अलावा उनको अन्य कमाइको श्रोत पनि  छ ।

दीपिका पादुकोण: बलिउडकी सबैभन्दा चर्चित अभिनेत्री मध्यकी एक दीपिका पादुकोणसँग २२५ करोड रुपैयाँ रहेको छ । एक फिल्मका लागि उनी १२ देखि १४ करोडसम्म फिस लिने गर्छिन् । यसको अलावा उनी विभिन्न ब्राण्डबाट समेत कमाउँछिन् ।

कट्रीना कैफ: अभिनेत्री कट्रीना कैफसँग २२० करोड सम्पत्ति रहेको छ । फिल्म तथा विभिन्न उत्पादनका ब्राण्ड सँग उनी जोडिएर कमाउने गर्छिन् । उनको एक ब्युटी प्रोडक्ट छ । जुन भारतमा निकै प्रसिद्ध छ ।

ऐश्वर्या राय: अभिनेत्री ऐश्वर्या राय बच्चन छिट्टै फिल्म ‘पोन्नियन सेल्वन’ मा देखिँदै छिन् । उनी भारतकी धनी अभिनेत्री मध्यकी एक हुन् । उनी फिल्मका लागि ५, ६ करोड फिस लिन्छिन् । उनी कयौँ ब्युटी ब्राण्डसँग आबद्ध छिन् ।

काजोल: एक समयकी हिट अभिनेत्री काजोललाई पनि बलिउडमा धनी अभिनेत्रीको सूचिमा राख्ने गरिन्छ । उनी एक फिल्मका लागि ४ करोड फिस लिन्छिन् । उनको मुम्बईमा रहेको अपार्टमेन्ट भाडा छ । जसबाट उनको राम्रो आम्दानी हुने गर्दछ ।

अनुष्का शर्मा: अनुष्का शर्मा फिल्म ‘चकदा एक्सप्रेस’ बाट अभिनयमा कमब्याक गर्दैछिन् । उनी २२० करोडकी  मालिक हुन् । उनी रेमन्ड, नीविया जस्ता ब्राण्डसँग जोडिएकी छन् । जसका लागि उनी करोडौँ फि चार्ज गर्छिन् ।

Back to top