×

बीरगञ्ज २७ पुस ।  वीरगञ्जस्थित बिपि उद्यानको जग्गा माफियाहरुको चंगुलबाट मुक्त हुन सकेको छैन । बीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघर नजिकै रहेको बिपी उद्यानको जग्गामा बिचौलीयाहरुको बर्चस्व छ । बिपी उद्यानको जग्गामा ठूलो चलखेल हुनुका साथै जालझेलको जालो जेलिएको हुन सक्ने आशंका उत्पन्न भएको छ । 

अवैध रुपमा अनुमति बिना सञ्चालित तरकारी फलफुल थोक तथा खुद्रा बजार हटाएर जग्गा खाली गराउन महानगरपालिकाले पटकपटक आग्रह गर्दा पनि जग्गा खाली हुन नसकेपछि यो विषय शंकाको घेराभित्र परेको हो । 

वीरगञ्ज महानगरपालिकाले पुष २५ गते जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्रमार्फत बिपि उद्यानको जग्गा खाली गराउनका लागि आवश्यक शान्ती सुरक्षाको व्यवस्था गर्न आग्रह गरेको थियो । यद्यपी २६ गते जग्गा खाली गराउन गएको टोलीले डोजरको सहयोगमा झारा मेट्ने काम मात्रै गरेको छ ।
 
पठक पठक खाली गराउन निर्देशन दिँदासमेत जग्गा खाली हुन नसकेपछि खाली गराउन आउने नगर प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ । उक्त जग्गामा खुद्रा व्यापार गरीरहेका व्यवसायीले नै नगर प्रहरीसहित अरु बिचौलीयाले त्याहाँबाट प्रति पसल ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म उठाउने गरेको आरोप लगाएपछि उक्त अनुमान यथार्थमा परिणत होला भन्ने डर छ । 
बिपी उद्यानको जग्गामा मीना बजारमा सेढ निर्माण हुनुअघि तरकारी तथा अन्य पसल सञ्चालन गर्न अनुमति दिएपछि मिना बजार सञ्चालन भएको बर्षाै बित्दासमेत जग्गामा खुद्रा व्यापारीहरुले कब्जा जमाएर रजाई गरीरहेका छन् । 

विपी उद्यानबाट महानगरपालिकालाई पनि कुनै राजस्व उठ्दैन । तर महानगरको नाम बेचेर बिचौलीया एवम् मध्यस्थकर्ताहरुले मनोमानी रुपमा रकम असुली गरीरहेको पाइएको हो । भाडामा रहेको टिनको सेठबाट प्रत्येक महिना एउटा व्यवसायीसँग नेपाली २५ हजार रुपैयाँसमेत लिने गरेको एक ब्यवसायीले नाम नबताउने शर्तमा बताए । 

जग्गामा अविलम्ब पार्क निर्माण कार्य गर्नुपर्ने भएकोले ढिलो चाँडो भएपनि सबै जग्गा खाली गराएर पार्क निर्माणको काम थालिने महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बताए । जग्गा खाली भएमा धेरै जनाको रोजीरोटी गुम्ने खतरा बढेपछि जग्गा खाली नगराउनका लागि सोर्स फोर्स लगाउनेतर्फ पनि केही व्यक्तिहरु जोडबल गरीरहेका छन् । 

Back to top