×

शिबजी गुप्ता । जनताको बहुदलीय जनवाद र समाजवादको परिकल्पनाकार नेकपा एमाले । रुमजीवी सर्वहारा जनताको प्रतिनीधि पार्टी नेकपा एमाले । सुखी नेपाली र  समृद्ध नेपालको लक्ष्य बोकेको पार्टी नेकपा एमाले । वि.स. १९९८ बैंशाख १० गते निरङ्कुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा स्थापित नेपाल कम्युनिष्ट पार्टीको बारेमा धेरै कुरा बताउनुपर्छ जस्तो मलाई लाग्दैन । 

नेपालको लोकतान्त्रिक आन्दोलनको उचाइ यहाँसम्म पुग्नुका पछाडी नेकपा एमालेको योगदानलाई अवमुल्यन र नजरअन्दाज पक्कै पनि गर्न सकिँदैन । किनभने एमाले बिनाको लोकतन्त्र र अहिलेको उपलब्धी असम्भव त परको कुरा परिकल्पना पनि गर्न सकिन्न । 

२०४६ साल र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीले महत्वपूर्ण भूमिका खेलेको सबैलाई अवगत नै छ । न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने उद्देश्यअनुरुप अगाडी बढ्दै गर्दा विभिन्न किसिमका उतारचढाव र बाधा अड्चनहरुको सामना गर्ने क्रम अहिले पनि जारी नै छ । 
नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ । भर्खरै नेकपा एमालेको दसौँ महाधिवेशन पनि सम्पन्न भयो । 

समग्र पार्टीमा अहिले पुस्तान्तरण र रुपान्तरणको बहस चलीरहेका बेलामा युवाको सहभागीता हुनुपर्ने आवश्यक्ता खट्किएको छ । यद्यपी नेकपा एमालेमा युवा मात्रै नभएर महिला, सिमान्तकृत समुदायहरुले पनि क्षमता र योग्यताअनुसारको जिम्मेवारी प्राप्त गर्दै आएको कसैसामु लुकेको छैन । फलस्वरुप नेकपा एमाले पर्सा जिल्ला अधिवेशनबाट पनि क्षमतावान एवम् पार्टीप्रतिको दृढता र पार्टीलाई सँधैभरी गतिशिल बनाउने व्यक्तिहरु चयन हुनेछन् भन्नेमा म विश्वस्त छु । 

वि.स. २०५३ सालमा वीरगञ्जको नृसिँह नि.मा.वि मा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भएर मेरो राजनीतिक जीवन अङ्कुरण भयो । वि.स. २०५७ सालमा अनेरास्ववियु बिसिसी क्याम्पस कमिटी सदस्य, २०५९ सालमा अनेरास्ववियु ठाकुराम बहुमुखी क्याम्पसको बिबिएस कक्षा कमिटीको सदस्य, २०६३ सालमा अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटीको सदस्य हुँदै २०६४ सालमा अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजक भएर मेरो राजनीतिले पुष्पण हुने क्रम चलीरह्यो । २०६५ सालमा जिल्ला कमिटी सम्मेलनबाट अनेरास्ववियु अध्यक्ष, २०६६ सालमा नारायणी अञ्चल कमिटीको उपाध्यक्ष हुँदै ६७ सालमा अञ्चल कमिटीको अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरेको अनुभव बटुल्न पाउनु मेरो अहोभाग्य हो । 

२०६७ सालमा अनेरास्ववियुको २० औँ महाधिवेशन केन्द्रिय सदस्य भएर काम गरे । २०६८ सालमा स्थानीय बिकास मन्त्री उर्मिला अर्यालको स्वकीय सचिव भएर काम गर्दा नयाँ अनुभव बटुल्नुका साथै धेरै कुराहरु सिक्ने सुअवसर प्राप्त गरे । २०७० सालमा अनेरास्ववियु २१ ऋौँ महाधिवेशन केन्द्रिय सचिवालय सदस्य र २०७२ सालको २२ औँ महाधिवेशनबाट पराजित भएर पहिलो पटक पराजयको पाठ सिक्न पाए । २०७३ सालमा राष्ट्रिय कबडी संघ नेपालको पर्सा जिल्ला अध्यक्ष, २०७५ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य र २०७७ सालमा भूमि सम्बन्धी समस्या समाधान आयोग पर्साको सदस्य भए । हाल नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटीको उपमहासचिवमा आवद्ध छु । 

उल्लेखीत मेरा महत्वपूर्ण उपलब्धीहरु हुन् । यो बाहेक अनौपचारिक रुपमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरेका कामहरु आफैले भन्दा घमण्ड गरे जस्तो हुन सक्छ । झण्डै २५ वर्ष भन्दा लामो समयदेखि अहोरात्र रुपमा पार्टीकै गतिविधिमा संलग्न भएर काम गरीरहँदा अब जिम्मेवार तहमा पुगेर काम गर्ने आशा पलाएको छ । यो आशा निराशामा परिणत हुने छैन भन्नेमा म ढुक्क छु । पार्टीलाई अँझै सुदृढ गर्न र पार्टीलाई गतिशिल बनाउने अभिप्रायले जिल्ला अधिवेशनमा सचिवको उम्मेदवारी दिएको छु । 

यदि म सचिवमा निर्वाचित भए भने विज्ञान र प्रविधिको युगलाई मध्यनजर गर्दै मोवाइल एपमार्फत जिल्लाका सम्पुर्ण सदस्यहरुसँग सम्पर्क बिधिको थालनी गर्नेछु । आगामी स्थानीय तहको निर्वाचनमा दुई तिहाई पालिकामा नेकपा एमालेलाई बिजयी बनाउने योजनाका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । प्रदेश र संघिय निर्वाचनमा १२ वटै क्षेत्रमा बिजयी बनाउने सबैलाई एकबद्ध बनाउनेछु ।

अग्रजको अनुभव र आशिर्वाद लिएर अनुजसँग हातेमालो गर्दै समकालिनसँग सहयात्रा गरेर पार्टीलाई गतिशिल बनाउनेछु । त्यस्तै पार्टीमा आवद्ध हुनेहरुलाई प्रशिक्षणसँगै नेता तथा कार्यकर्तालाई समेत क्षमता अभिबृद्धि र व्यक्तित्व विकास सम्बन्धी तालिमहरुको आयोजना गर्ने र प्रविधिको प्रयोग गरेर संगठीत सदस्यहरुको रेकर्ड व्यवस्थित रुपमा राख्ने छु ।

यी प्रतिनिधीमुलक योजनाहरु मात्रै हुन् । अब भनेर भन्दा पनि गरेर देखाउनेछु । गरेर देखाउनका लागि नै नेकपा एमाले पर्सा जिल्ल कमिटीमा म सचिवको दावेदारी हुँ । 
 

Back to top