×

सांकेतिक तस्विर ।

सरकारले सार्वजनिक सेवा प्राप्त गर्नका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने भएको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आईतबार बसेको बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो।

त्यस्तै सार्वजनिक स्थानहरु जस्तै कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल रंगशाला र पार्कमा पनि खोप कार्ड अनिवार्य गरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय उडानमा हुने भीडभाड कम गर्न उडान तालिका बनाउन पर्यटन, सँस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई उडान तालिका मिलाउन र आन्तरिक उडानतर्फ खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पासको व्यवस्था मिलाउन निर्देशन दिइएको छ। 

सीसीएमसीले गरेका १३ बुँदे निर्णयहरु हेर्नुस् 

Back to top