×

वीरगञ्ज २४ पुस । बीरगञ्जको बिपी उद्यानको जमिनमा तरकारी बजार गैर कानुनी तरिकाले संचालित हुदै आएको छ ।

बीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको बिपी उद्यानको जमिनमा तरकारी, थोक तथा खुद्रा बजार गैर कानुनी तरिकाले संचालित हुदां पनि स्थानीय प्रशासन मौन रहेको छ ।

सार्वजनिक सम्पतीमा तरकारी, फलफुल थोक तथा खुद्रा बजार संचालन हुदा समेत महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगी तथा महानगरपालिका कार्मचारीहरु बेखवर रहेको देखिन्छ ।  

महानगरपालिकाको स्वामित्वमा रहेको बि.पी.उद्यानमा बजार लगाउदा वा अन्य प्रयोजनकोलागि उपयोग गर्दा त्यसको कानूनी प्रक्रिया पुरा हुनु पर्ने हो तर बिपी उद्यानमा कुनैै पनि प्रक्रिया पुरा नगरि बजार कसरी संचालनमा आएकोे हो भन्ने वीरगञ्ज बासीले प्रश्न उठन थालेको छ ।

महानगरपालिकाका जवप्रतिनिधी र महानगरपालिकाको कर्मचारीहरुको मिलोमतामा बिपी उद्यानमा बजार संचालन भइरहेको वीरगञ्ज बासीले प्रश्न उठन थालेको छ ।

अचम्म त के छ भने बीरगञ्ज महानगरपालिकाले पटक पटक सडक अतिक्रमण गरी सडक पेटीमा समान राख्नेहरुलाई आफनो समान हटाएर सडक पेटी खाली राख्न र बि.पी. उद्यानको जग्गामा अनाधिकृत रुपले तरकारी  थोक तथा खुद्रा बजार नलगाउन समेत कैयौ पटक सूचना जारी गरेको छ ।

तर सूचना जति जारी भएपनि जती ताकेता गरिएपनि महानगरपालिकाका जवप्रतिनिधी र महानगरपालिकाको कर्मचारीहरुको मिलोमतोका कारण उद्यान भित्रको अतिक्रमण भने हटेको छैन ।

२०७८, साउन  ४ गते बीरगञ्ज महानगरपालिकाको चलानी दर्ता नम्बर ८२ मा बीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको बि.पी उद्यान जग्गामा अनाधिकृत रुपमा अतिक्रमण गरी ब्यापार र ब्यवसाय गरेको भन्दै अतिक्रमण गरेका ब्यतिmहरुलाई हटाउनका लागी जिल्ला प्रशासन कार्यालय पर्सामा  पत्रचार गरेको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले २०७८, साउन ५ गते बिहान १० बजे नगर प्रहरीको टोलीको नेतृत्वमा शान्ति सुरक्षाको आवश्यक ब्यवस्था मिलाई अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिनका लागी पर्सा प्रहरीलाई पत्रचार गरेको पनि देखिन्छ । महानगरपालिकाका जवप्रतिनिधी र कर्मचारीहरुको मिलोमतोका कारण उद्यान अतिक्रमण मुक्त हुन सकेन ।

अहिले पनि बीरगञ्ज महानगरपालिकाले बि.पी उद्यान खाली गराउनकालागि सूचना जारी गरेको छ । तर त्यो सूचनाले पनि उद्यान अतिक्रमण मुक्त हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको छ । 

बि.पी. उद्यानमा संचालन भएको तरकारी फलफुल थोक तथा खुद्रा बजारमा ब्यवसायीसंग प्रतिदिन नेपाली ५० रुपैया देखी १०० रुपैया लिने गरिएको छ ।

बि.पी उद्यान बजारमा २०० सय भन्दा बढी बजारहरु रहेका छन् ।  बिपी उद्यानमा टिनको सेडबाट प्रति महिना पच्सीस हजार दिने गरेको एक ब्यवसायीले बताए । तर त्यो रकम महानगरपालिकाको राजस्वमा दाखिला भएको पाइदैन । महानगरपालिकाका जवप्रतिनिधी र महानगरपालिकाको कर्मचारीहरुमा भागभाण्डा लाग्ने गरेको छ, यदि भागभाण्डा लाग्दैन भने उठने रकम काहा जान्छ त ? 

यता बीरगञ्ज महानगरपालिकाका प्रमुख बिजय सरावगीले अतिक्रमण खाली गर्न एक हप्ताको सूचना दिइएको बताए ।  समयवधि भित्र अतिक्रमण नहटाए कानुनी प्रकिया अपनाइने उहाँले भने  ।  

Back to top