×

‘जात फाल्नु गहतको झोलमा’ भनेर उखानले व्यंग्य गरे पनि गहत कम्ती पोषक र गुणकारी खाद्य पदार्थ होइन । गहतको दाल नियमित सेवन गर्न सके, विशेषत: जाडो याममा, यसले औषधिले भन्दा पनि चामत्कारिक फाइदा पुर्‍याउँछ । गहत (कुथली/कुर्थी) पोषणका दृष्टिले निकै महत्त्वपूर्ण दाल हो । यसको वैज्ञानिक नाम ‘मेक्रोटाइलोमा युनी फ्लोरम’ हो ।गहतमा अरू दालमा भन्दा रेसा (फाइबर) बढी पाइन्छ ।

त्यसैले यो सजिलै पच्छ । न्यानो प्रकृतिको मानिने गहत रातो, सेतो र कालो गरी तीन प्रकारको हुन्छ । यसबाट दालबाहेक रोटी पनि पकाउने गरिन्छ । २२ प्रतिशतजति प्रोटिन पाइने गहत क्याल्सियम र फोस्फोरसको मुख्य स्रोत हो । लौह तत्त्व र भिटामिन ए पनि यसमा हुन्छ । यसको बीउमा प्रोटिन र कार्बोहाइड्रेट विशेष मात्रामा हुन्छ । यसमा युरिएजसमेत पाइन्छ ।जाडोमा गहत नियमित रूपमा खाने गरे चिसोले छुँदैन भन्ने आममान्यता छ ।

धेरै समयसम्म निरन्तर यो दाल सेवन गर्दा पत्थरी आफैँ निको हुने पनि बताइन्छ । आयुर्वेदमा यो दाललाई मूत्रसम्बन्धी विकार र पत्थरी रोग हटाउन विशेष उपयोगी मानिएको छ । पत्थरीलाई फुटाएर मूत्रनलीबाट बाहिर निकाल्नका लागि गहत प्रसिद्घ महौषधि पनि हो । तर, यसको प्रयोग उचित मात्रा र युक्तिपूर्वक गर्नुपर्छ ।यसको बढी मात्रामा सेवनले अम्लपित्तको स्थिति उत्पन्न हुनेसमेत भनिन्छ । आयुर्वेदका अनुसार पिसावमा रोकावट हुनु, ज्वरोको कारण पिसाबमा कमी वा पोल्नु आदि व्याधि हटाउन यो उत्तम प्रयोग हो ।

यसको उपयोगले रोकिएको पिसाब खुलेर आउँछ । यसले पित्त र रगतको दोषलाई समेत निको पार्छ । यसले पोल्ने, गर्मी र पसिनालाई रोक्छ । वात ज्वर, श्वेतप्रद र मोटोपना हटाउनसमेत गहत उपयोगी मानिन्छ । यस्तै, प्रसवपछि गर्भाशयको शोधमा समेत यसको सेवन लाभकारी मानिन्छ ।यसले नेत्र रोग र पाइल्सलाई समेत निको गर्छ । वीर्य दोषसमेत निको पार्ने क्षमता भएको गहत सास, खोकी पेटको रोग, मुटुको रोग, टाउको दुखाइ आदिमा लाभप्रद मानिन्छ ।

यसैगरी ज्वानो एक मसला हो । यसले खानामा सुगन्ध थप्छ । अजवाईनले खानामा स्वाद दिनुका साथै स्वास्थ्यको लागि पनि फाईदा पु¥याउँछ । ज्वानोको फूल फल तेल सबै औषधीको रुपमा प्रयोग हुन्छ । यसको फूलमै यस्तो औषधी हुन्छ की यसलाई सुँघ्दा मात्र नै टाउको दुखाई हटेर जान्छ ।

१. पेटको दुखाईबाट तुरुन्त आरामपेटमा एकदमै कम मात्रामा अल्कोहल हुन्छ । यसकारण पेटको दुखाईमा तुरुन्त आराम मिल्छ । ज्वानो कालो नुनको साथमा मिलाएर पानीको साथ पिउँदा पाचन प्रणालीमा सुधार भएर आउँछ । जसको कारण अपच, ग्याष्ट्रिक लगायतका पेटको समस्या दूर भएर जान्छ । नियमित ज्वानो लिने गरेमा हत्तपत्त पेटको समस्याले सताउँदैन ।

२. सर्दीबाट बचाउँछ १५–२० दिनसम्म २ ग्रामको दरले अजवाइन खानुहोस् । यसो गर्नाले तपाईको कफ, सर्दी माईग्रेन हटेर जान्छ । यसका साथै ज्वानो पानीमा मिसाएर बाफ पनि लिन सक्नुहुन्छ । पानीको साथ ज्वानो चपाउँदा पनि फाइदा गर्छ । ज्वानोको पात, कालो मरिस, तुलसी, अलैँची मिसाएर चिया पिउनाले राम्रो गर्छ ।३. डायविटिज नियन्त्रण गर्छ डायविटिजको विरामीले १ चम्चा ज्वानोको दानामा चार चम्चा बेलको रस मिसाएर दिनको २–३ पटक पिउनाले फाईदा गर्छ ।४. नशा हटाउँछ जाँडरक्सीको कुलतमा फसेका व्यक्तिले तातो पानीसंग ज्वानो खाएमा नशा छुटाउन मद्धत गर्छ ।

५. किड्नीको स्टोन हटाउँछ किड्नी स्टोनको घरेलु उपचारको लागि ज्वानोको प्रयोग गर्न सकिन्छ । ज्वानोको दानासंग त्यति नै मात्रामा मह मिसाएर १० दिनसम्म सेवन गरे किड्नीको स्टोन घुलेर पिसाबसंग बाहिर निस्कन्छ ।६. गर्भवती महिलाको लागि फाईदाजनक गर्भावस्थामा महिलाको शरिरमा विभिन्न बदलावहरु आउँछन् । यस्तो बेलामा पाचन प्रणालीमा निकै असर पुग्छ । त्यसको लागि ज्वानो सेवन गर्दा फाईदा पुग्छ । बच्चा जन्मेपपछि पनि ज्वानो सख्खरको साथ खानाले शरिरमा रक्त सञ्चार राम्रो हुन्छ भने दुधको मात्रा पनि बढ्छ ।

७. कानको दुखाई हटाउँछ कानको दुखाइ सर्दी लागेको बेला र जाडो महिनामा बढि हुन्छ । ज्वानोमा हुने एन्टीब्याक्टेरिया, एन्टीसेप्टिक लगायतका तत्वहरु हुन्छन् । यसले कानको दुखाई हटाउँछ । ज्वानोलाई अदुवा वा सर्सिउँको तेलमा राखेर तताउनुहोस् । त्यसलाई छानेर केही थोपा कानमा लगाउनुहोस् ।८. दाँतको दुखाई हटाउँछ दाँत दुखेर हैरान हुनुभएको छ भने ज्वानो पानीमा हालेर उमाल्नुहोस् । सो पानीले मुख कुल्ला गर्नुहोस् । त्यसैगरी ज्वानोको टुक्रालाई दुखेको दाँतको विचमा राखेर चेप्नुहोस् । यसो गर्नाले दाँत दुखेको हटेर जान्छ ।

९. पेटको रोगबाट बचाउँछ पाईल्स भएमा ज्वानो कालो नुनमा राखेर दैनिक सेवन गर्नाले फाइदा मिल्छ । उल्टी भएमा ज्वानो चपाएमा रोकिन्छ । ज्वानोको पात सेवन गर्नाले पेटको रोगहरु लाग्नबाट बचाउँछ ।१०. जलेको दाग हटाउँछशरिरको कुनै पनि भाग जलेर दाग बसेको छ भने ज्वानोको पेष्ट बनाएर लगाउनुहोस् । दाग हटेर जान्छ ।

Back to top