×

कविता 

जानु छ कहाँ, लानु छ के ? 
किन गर्छौ यसरी मरिहत्ते ? 

बरु अलिकती ढिलै भएपनि 
पुगिन्छ होला विस्तारै गएपनि । 

बढाउँदै गयौ भने सवारीको गति
भन्न सकिँदैन कहाँ के हुने हो क्षति 

क्षमताभन्दा बढी भार बोक्नु हुँदैन 
नो पार्किंगमा सवारी रोक्नु हुँदैन । 
रोक्दा रोक्दै पनि ट्राफिक प्रहरीले 
वास्तै नगरी कुलेलाम ठोक्नु हुँदैन । 

२ भन्दा बढी यात्रुलाई राख्ने
हेल्मेट नलगाएरै बाईक हाँक्ने 
लुकेर ट्राफिकको आँखा छल्ने 
नियमको उलंघन गरी कहिलेसम्म चल्ने ? 

घामपानी भोक प्यास नगनी 
हाम्रै सुरक्षाको लागि हो भनी 
हाम्रै सुरक्षाको पहरेदार बनी
दिनरात चेकजाँच मै खटिँदा पनि

जस पाउनु त परै जाओस् 
उल्टै आरोप र गाली सुन्नुपर्छ ।
त्यसैले ट्राफिक प्रहरीको लागि हैन 
आफ्नै लागि हो भन्ने ठानेर 
मेरै सुरक्षाको लागि हो भन्ने मानेर 

ट्राफिक नियमको पालना गरौँ 
सभ्य नागरिकको परिचय दिऔँ ।।
 

Back to top