×

वीरगञ्ज, २२ मंसिर ।  सानो पाईलाको वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

आदर्शनगर रंगशालामा भएको मैत्रिपुर्ण क्रिकेट प्रतियोगितामा सानो पाईलालाई ७ रनले पराजित गर्दै नेपाल पत्रकार महासंघ पर्सा विजयी भएको छ । 

टस जितेर पहिले व्याटिङ गरेको नेपाल पत्रकार महासंघले निर्धारित १२ ओभरको खेलमा ८ विकेट गुमाउदै ९३ रन बनाएको थियो । 

९४ रनको लक्ष्य पछ्याएको सानो पाईला निर्धारित १२ ओभरमा ३ विकेट गुमाउँदै ८७ रनमै समेटिएपछि पत्रकार महासंघ पर्सा विजयी भएको सानो पाईलाका सञ्चार संयोजक विवेक कर्णले जानकारी दिए । विजयी टिमलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी, पूर्व अध्यक्ष शत्रुधन नेपाल लगायत पर्साका सञ्चारकर्मीहरु र सानोपाईलाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

Back to top