×

वीरगञ्ज, २२ मंसिर । नेकपा एमालेका युवा नेता तेज प्रकाश निषाद अखिल नेपाल पिछडावर्ग (OBC) महासंघका अध्यक्षमा चयन भएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा पार्टीको सचिव शेर बहादुर तामाङको प्रमुख आातिथ्यमा सम्पन्न भएको भेलाले निषादलाई  पिछडावर्ग महासंघको अध्यक्षमा चयन गरेको हो ।

पर्सा घर भई एमालेको राजनीतिमा सक्रिय निषाद हाल प्रदेश कमिटी सदस्य समेत रहेका छन् ।

अखिल नेपाल पिछडावर्ग महासंघमा महासचिव रहेर लामो समय काम गरेका निषादको अध्यक्षतामा अब संघले निरन्तरता पाउने छ । भेलाले कमिटीका  विभिन्न  सदस्यहरु पनि चयन गरेको छ ।

 

 

Back to top