×

बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ। आगलागीमा कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताएका छन्। 

बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ भने आगलागीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको एक प्रत्यक्षदर्शीले बताएका छन्।

केही वरिष्ठ मन्त्रीहरुसँग उक्त दुर्घटनाको दृश्य हेर्न गएका ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको सञ्चारकर्मीसँगको कुराकानीमा उपराष्ट्रपति बाजोम्भान्जाले पुष्टि गरे।

स्थानीय समय अनुसार बिहान ४ बजे सुरू भएको आगलागीको कारण विद्यूत चुहावटका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि बताइएको छ।

Back to top