×

स्पानिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगिज क्लब पोर्टोलाई ३-१ ले पराजित गर्दै एट्लेटिको समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।

एट्लेटिकोका लागि एन्ट्रोनी ग्रीजमन, एन्जल कोरेअ र रोड्रिगो डे पउलले गोल गरे । पोर्टोका ओलिभिएराले गोल गरे । खेलमा पोर्टोका दुई खेलाडीले र एट्लेटिकोका एक खेलाडीले रातो कार्ड पाएका थिए ।

जितपछि एट्लेटिको ६ खेलबाट ७ अंक जोडेर समूह बी को उपविजेता बन्यो ।

यस समूहमा लिभरपुलले एसी मिलानलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको छ । यसअघि नै नकआउट चरण पुगिसकेको लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउदै जित हात पार्दा मोहम्मद सलाह र एलेक्स ओलेड चेम्बरलेनले गोल गरे । एसी मिलानका लागि फिकायो टोमवरीले एक गोल गरे ।

यस्तै डच क्लब नेदरल्याण्ड्सले पनि समूह ‘सी’ मा शतप्रतिशत जित हात पार्ने क्रममा पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई ४-२ ले हरायो । अयाक्स र स्पोर्टिङ यसअघि नै समूह विजेता र उपविजेताको रुपमा अन्तिम १६ मा पुगिसकेका छन् ।

यस समूहमा अर्को खेलमा बोरुसिया डर्टमण्डले बेसिकटासलाई ५-० ले पराजित गर्‍यो । डर्टमण्ड र बेटिकटास भने समूह चरणबाट बाहिरिसकेका छन् ।

यसैगरी समूह ‘ए’ को विजेताको रुपमा अन्तिम १६ मा पुगेको म्यानचेष्टर सिटी अन्तिम खेलमा आरबी लाइपजिगसँग २-१ ले पराजित भयो । यस समूहमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले भने क्लब ब्रुगलाई ४-१ ले हरायो । यस खेलमा लिओनल मेसी र किलिएन एमबाप्पेले दुई-दुई गोल गरे । एमबाप्पे च्याम्पियन्स लिगमा ३० गोल गर्ने सबैभन्दा युवा खेलाडी समेत बने ।

यस्तै समूह ‘डी’ मा रियल मड्रिडले इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । साख्तर डोनेस्क र सेरिफले १-१ को बराबरी खेलेका छन् । रियल र इन्टर यस समूहबाट नकआउट चरण पुगिसकेका छन् ।

Back to top