×

वीरगञ्ज, २१ मंसिर । आईटी आर्मी पर्साका संयोजक सन्तोष पटेलसहितको सम्पूर्ण प्यानल पुन: माओवादीमा प्रवेश गरेको छ । 

पूर्वमन्त्री प्रभु साहले गठन गरेको आईटी आर्मी पर्सालाई त्याग्दै युवा नेता सन्तोष पटेल पुन: पुरानो पार्टी माओवादीमा प्रवेश गरेका हुन् । 

नेता पटेल मंगलबार काठमाडाैंस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) निवास खुलमटार पुगी माओवादीमा पुन: प्रवेश गरेका थिए । उनलाई अध्यक्ष प्रचण्डले फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए ।

त्यसतै नेपाल संघीय समाजवादी पार्टी पर्साका पूर्व जिल्ला संयोजक इमदाद गद्दीले पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । गत संघीय निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ को संसदमा समेत प्रत्यासी भईसकेका गद्दी मंगलबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

गद्दीसँगै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवसहित आधा दर्जन विधार्थी नेताहरुले पनि पुन: माओवादी रोजेका छन् । 

नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले बनाईदिएपछि प्रभु साहसँगै एमालेमा लागेका अखिल क्रान्तिकारीका पूर्व सचिव अमिताब बच्चन दास, विधार्थी नेता सुनिल रौनियार,  प्रदीप गुप्ता, मखन पटेल लगायतका विद्यार्थी नेताहरु पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।

Back to top