×

वीरगञ्ज २१ मंसि ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ को वडा स्तरीय वडाका महिलाहरुलाई  कम्प्युटर लेखा तालिमको आज सह्भागीहरुलाई प्रमाण पत्र बितरण गरी सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख आतिथी वडा अध्य्क्ष धुर्ब नेपालले सिकेको सिपलाई उपयोगमा ल्याउन स्वयमं आत्मनिर्भर बन्न तथा उधमी भएर रोजगारी कार्यमा लाग्न सुझाव सहभागीहरु समक्ष राख्नुभएको थियो । 

वडा अधिकृत रेश्मा महतोले युवा महिला शाखा अधिकृत भएर यस क्षेत्र आएको अनुभव  लोक सेवा तैयारी कक्षा तथा कम्प्युटर अपरेटरमा नाम निकाल्नको लागी चाहिने सिप तथा अध्यन गर्ने तरिका आफुले गरेको संघर्ष तैयारीको बारेमा मन्तब्यको क्रममा महिला सह्भागीहरुलाई बताए । 

कार्यक्रममा वडा नम्बर ६ का वडा वडा अध्य्क्ष धुर्ब नेपाल, वडा अधिकृत रेश्मा महतो, सचिव सुनिता क्षेत्री, सदस्य कनिका कौशिक, सुरज कलवार, प्रशिक्षक बंशीधर गुप्ता, अभिजित चौधरी, राजन साह पत्रकार जगत राई लगायत महिला सहभागीहरुको उपस्थिती रहेको थियो ।
 

Back to top