×

वीरगञ्ज, २१ मंसिर । जिल्ला ट्राफिक कार्यालय पर्साले नम्बर प्लेट लेख्न लगाउने र प्रेसर हर्नको सोली निकाल्ने अभियानलाई तिव्रता दिएको छ । 

जिल्लामा सञ्चालित सवारी साधनहरुको नम्बर प्लेट नहुने, मेटिएका कारण दुर्घटनामा संलग्न रहेको र दुर्घटना हुँदा सडकमा अलपत्र परेका चालकहरुको उद्दारका लागि आफन्तलाई खबर गर्न समस्या हुने, चोरीको सवारी साधन पत्ता लगाउने लगायतका कार्यमा सघाउ पु¥याउन अभियानलाई तिव्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीकाअनुसार सोमवारसम्म १ सय २३ वटा सवारीको नम्बर प्लेटमा पुनः नम्बर लेख्न लगाइएको छ । मंसिर १६ गतेदेखि साप्ताहिक रुपमा विभिन्न स्थानमा चल्ने सवारी साधनको नम्बर प्लेट भए÷नभएको र स्पष्ट नबुझिने गरी मेटिएका सवारीको चेकजाँच भईरहेको छ ।

नदेखिने र नबुझिने नम्बर प्लेट भएमा फिल्डमै लेख्न लगाउने गरेको प्रहरी निरीक्षक कार्कीले बताए । त्यसैगरी पर्सा जिल्लामा सञ्चालित प्रेसर हर्न बजाउने ठूला सवारी साधनलाई पनि कारवाही गरिएको छ ।

आम नागरिकको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले प्रेसर हर्नको सोली निकालेर सम्झाई बुझाई गरिएको प्रहरी निरीक्षक कार्कीको भनाई छ । प्रेसर हर्न बजाउने ८९ वटा सवारी साधनको सोली निकालिएको कार्कीले जानकारी दिए । यो अभियानलाई पुनः निरन्तरता दिने पनि कार्कीको भनाई छ ।

Back to top