×

बलिउडका लागि पछिल्ला एकदुई वर्ष धेरै नोक्सान भयो । दिग्गज कलाकारलाई सदाका लागि गुमाउँदा बलिउडले ठूलो क्षति ब्यहोरेको छ । यसमध्येका अभिनेता इफरान खान एक हुन् । उनले बलिउडमा करिब साढे दुई दशक बिताए । उनले यसक्रममा थुप्रै सुपरहिट फिल्ममा काम गरे । इफरानको तारिफ आज पनि उत्तिकै हुने गर्छ । बलिउडमा इरफान र अभिनेता नसीरुद्दीन शाहको मित्रता निकै बलियो थियो । इफरानको मृत्युपछि नसीरुद्दीनले उनको बारेमा केही राजहरु खोलेका छन् । 

नसीरुद्दीन शाह इरफानको नजिकका पात्र थिए । उनले इफरानका विषयमा हालै दिएको एक अन्तरवार्तामा भनेका छन्, ‘इरफानलाई उनको मृत्युको बारेमा २ वर्ष अगाडि नै थाहा थियो । यो नै इरफानको विषयमा सबैभन्दा फरक कुरा हो । उनलाई धेरै वर्ष बाँच्दिन भन्ने थाहा थियो । मेरो र उनको फोनमा यस विषयमा धेरै पटक कुराकानी भएको थियो । उनको लण्डनमा उपचार भइरहँदा पनि मेरो कुराकानप् भइरहन्थ्यो । यस विषयमा इरफानको फरक विचार थियो । उनी मृत्युको गहिराई बुझ्न चाहान्थे । उनी यमराज आएको, उनको स्वागत गरिरहेको कल्पना गर्थे । मृत्यु कसैको नियन्त्रणमा हुँदैन ।’

Back to top