×

डिप्रेसनबाट बच्नका लागि नियमित सेवन गर्नुहोस् पुदीना, यस्ताे छ यसका अचुक फाइदा ! पुदिना स्वास्थको लागी अचुक औषधी हो । यसको नियमित सेबनले स्वास्थमा राम्रो फाइदा हुन्छ । यसले खाना पचाउन सहयो गर्ने देखी सिलएर तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ । यसो त पदिना स्वास्थका लागी मात्र नभइ स्वालमा पनि मिठो हुन्छ । हामी यसको चटनी बनाएर खान सकिन्छ । त्यसैगरी पुदिनाको चिया पनि खान सकिन्छ ।

स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यदि श्वासको दु-र्गन्ध छ भने पनि यसको सेवनले हटाउन मद्दत गर्दछ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ।स्तनपान गराउने महिलाको स्तन र निप्पलमा पीडा हुन सक्छ ।

अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ । पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न ।

यो पनि पढ्नुस: गर्मीमा प्याज यी बहुउपयोगी फाइदा जान्नु भयाे भने, आजैबाट खान थाल्नुहुनेछ । गर्मी या जुनसुकै समयमा पनि तराई क्षेत्रमा काँचो प्याज खान चलन छ । काँचो प्याज गर्मीमा खाँदा निकै फाइदा हुन्छ । प्याज बहुपयोगी छ ।

यसलाई काँचो मात्रै होइन धेरै जसो प-काएर अर्थात अन्य तरकारीमा मिसाएर खाने गरिन्छ । अधिकांशको भान्सामा प्याज उपलब्ध हुन्छ । प्याज खाँदा मात्रै मीठो होइन यसका अनेकौं गुणहरु रहेका छन् । यसमा औषधीय गुण पनि रहेको हुन्छ । प्याजमा कयौं पोषक तत्व हुन्छ । जस्तो भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ पाइन्छ ।

प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । गर्मी महिनानका दिनहरुमा हरेक दिन कम्तिमा एउटा काँचो प्याज खानाले यसबाट प्राप्त हुने पोषक तत्वहरुका कारण कयौं स्वास्थ्यसम्बन्धी समस्याहरुबाट बच्न सकिन्छ । गर्मीमा तातो हावा चल्ने हुँदा लू लाग्नबाट काँचो प्याजले बचाउँछ ।

काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्नु फाइदा जनक हुन्छ । गर्मीमा अधिकांश मानिस डिहाइड्रेसनको पीडामा पर्छन् । पथरीको समस्या छ भने विहान खाली पेट दुई चम्चा काचो प्याजको रस पिउँदा फाइदा पुग्छ ।

प्याजको रसलाई चिनीसँग घोले स्टोन बनाएर पिउँदा पथ्थरी हटाउनलाई फाइदा पुग्छ । गर्मी महिनामा घमौरा निस्केर बच्चाहरूलाइ अतिनै पिरोल्ने गर्छ भने पानीमा प्याजको रस र चिनी घोलेर पिउनाले घमौराबाट बच्न सकिन्छ ।

प्याजको रस पानीमा मिलाएर पिउनाले गर्मीका कारण हुने पिसाब पोल्ने समस्याबाट राहत पाउन सकिन्छ भने सलादमा काँचो प्याज खानाले कब्जियतको समस्या समाधान हुन्छ । प्याजको रस, कागती र पुदिनाको रससँग मिलाएर पिउनाले रिंगटा लाग्ने समस्याबाट राहत पाउन सकिन्छ ।

Back to top