×

वीरगञ्ज २० मंसिर । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीद्वारा वीरगञ्जमा नि:शुल्क आँखा तथा दाँत जाँच शिविरको आयोजना गरिएको छ ।

वीरगञ्ज सामुदायिक आँखा तथा दाँत अस्पतालसँगको सहकार्यमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीको आयोजनामा नि:शुल्क आँखा तथा दाँत जाँच शिविरको आयोजनाग गरिएको हो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम कुमार सर्राफको सभापतित्व तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको प्रमुख आतिथ्यमा श्रीपुरस्थित अलपाइन माध्यमिक विद्यालयमा शिविरको उद्घाटन गरिएको छ । 

उद्घाटनमा बोल्दै प्रमुख अतिथि सांसद् प्रदीप यादवले नि:शुल्क आँखा तथा जाँच शिविरबाट स्थानीय वडाका जनता लाभ्वान्वित हुने बताए । उनले यस्ता नि:शुल्क शिविरहरुबाट चर्को शुल्क तिरेर महँगो अस्पतालमा आफ्नो उपचार गराउन नसक्ने गरिव तथा असाहयहरुलाई ठूलो सहयोग पुग्ने बताए ।

सांसद् यादवले श्रीपुर र मुर्लीमा रहेका सामुदायिक स्वास्थ्य संस्थाहरुको स्तरोन्नतिका लागि आफुले पहल गरिरहेको बताउँदै छिट्टै यहाँ अन्य सुविधाहरुसमेत थपिने जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षकका रुपमा नयाँ कार्यभार सम्भालेका रमेश प्रसाद बस्नेतलाई खादा र फूलमाला लगाएर स्वागत पनि गरिएको थियो । उनले पर्सा जिल्लामा अपराधिक घटनालाई न्यूनीकरण गर्न प्रहरीले कुनै कसर बाकी नराख्ने बताए । बस्नेतले जिल्लामा अपराध घटाउन जनताको सहयोग पनि आवश्यक रहेकोले निर्धक्कका साथ् प्रहरी निर पुगेर आफ्नो गुनासो र समस्याहरु बताउँ सबैसँग आग्रह पनि गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख नेक महोम्मद अन्सारी, अल[पाइन स्कुलका व्यवस्थापक विनोद उपाध्याय,  वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वडा नं. ११ का वडा अध्यक्ष प्रद्युमन सेढाई,  वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, जेष्ठ नागरिक समाज पर्साका अध्यक्ष जगदीश शर्मा, वीरगञ्ज सामुदायिक आँखा तथा दाँत अस्पताल अस्पतालका महेश प्रसाद धामी, सामाजिक अभियन्ता प्रकाश थारु, सञ्चारकर्मी, स्थानीय लगायतले आफ्नो मन्तव्य राखेका थिए  ।

Back to top