×

पाकिस्तानले शनिबार साउदी अरबबाट आर्थिक समर्थनको प्याकेज स्वरुप ३ अर्ब डलरको ऋण प्राप्त गरेको प्रधानमन्त्रीका वित्तिय सल्लाहकारले बताएका छन् । 

साउदीबाट लिएको सो ऋण प्याकेजको सम्झौता अनुरुप एक वर्षका लागि ४ प्रतिशत ब्याज दरमा रहेको छ । 

पछिल्लो समय बढ्दो आर्थिक चुनौतिका कारण पाकिस्तानले विभिन्न समस्याहरुको सामना गर्नुपरिरहेको छ । उपभोग्य वस्तुको मूल्य बढ्नेदेखि विदेशी विनिमयमा गिरावट अनि घट्दो मुद्राले पाकिस्तान चरम आर्थिक संकटमा पर्ने उच्च जोखिममा पुगेको छ । 

केन्द्रिय बैंक डाटाका अनुसार पाकिस्तानको कूल तरल विदेशी विनिमय सञ्चित हाल केबल २२ हजार मिलियन डलर रहेको छ । 

वित्तिय सल्लाहकार सौकत तेरिनले ट्वीट गर्दै साउदीका राजकुमार मोहोम्मद बिन सलमानलाई उक्त उदारवादी कदमका लागि धन्यवाद प्रकट गरेका हुन् 
 

बीएमए क्यापिटलका प्रमुख साद हासेमीले भनेका छन्, “यो अत्यन्तै सकारात्मक समाचार हो ।” रोयटर्स 

Back to top