×

वीरगञ्ज, १९ मंसिर ।  वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताको अध्यक्षतामा सङ्घको सभाकक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग संग भेटघाट तथा अन्तरक्रिया गरेको थियो ।

भेटघाटको क्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले नेपालमा विद्युतको प्रति युनिट मल्य दक्षिण ऐशियाका अन्य मुलुकभन्दा बढी भएको, वर्षो पुराना विद्युत पूर्वाधारलाई नयाँ र परिमार्जन गर्ने, विद्युतका पुराना भौतिक पूर्वाधारले यस क्षेत्रको औद्योगिककरणको गतिलाई अवरुद्ध गरेको, गुणस्तरीय विद्युतको आपूर्तिका साथै समय समयमा विद्युत ट्रिपिङ्गले समेत समस्या सृजना गरि रहेकोले यसलाई शिघ्र व्यवस्थापन गर्ने, ।

ट्राँन्समिशन लाईनहरुको मर्मत सम्भार र नयाँ ट्राँन्समिशन लाईन जडान गर्दै उज्ज्यालो नेपालमा भई राख्दा हामीले हाम्रो विद्युत निर्यात गर्ने तर्फ समेत कार्ययोजना अघी बढाई मुलुकका सामु विद्यमान काहालिलाग्दो व्यापार घाटालाई समेत न्यून गर्नु पर्ने तर्फ प्रमुख अतिथि कार्यकारी निर्देशक कुलमान घिसिङ्गको ध्यानाकर्षण गराउनु भएको थियो ।

अध्यक्ष डा. गुप्ता सहित कार्यक्रम सहभागिहरुको जिज्ञासालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले गुणस्तरीय विद्युत आपूर्तिहेतु आवश्यक पूर्वाधार, ट्राँन्समिशन लाईन, ३३ केभिए लाईनलाई १३२ केभिएमा परिवर्तन गर्ने र विद्युतको माँग भए बमोजिम विद्युत सप्लाई गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

साथै वहाँले मुलुकमा ६० प्रतिशत विद्युत आपूर्तिलाई ९० प्रतिशतमा पु¥याएका छौं बताउदै नेपालमा अहिले पनि कतिपय ठाउँमा २४ औं घण्टा लोडसेडिङ्ग रहेकाहरुलाई पनि विद्युत आपूर्ति गर्ने नेपाल विद्युत प्राधिकरणको अबको नयाँ च्यालेन्ज रहेको बताउनु भएको थियो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, सङ्घका उपाध्यक्ष माधव राजपाल, नेपाल विद्युत प्राधिकरण प्रदेश नं. २ प्रमुख, नेपाल विद्युत प्राधिकरण वीरगंजका प्रमुखमन साथै सङ्घका कार्यसमिति सदस्य, वरिष्ठ उद्योगी व्यवसायीका हरुको उपस्थिती रहेको थियो ।

Back to top